खेलकुद

महिला फुटबल : डेब्यु खेलाडी चम्किदा नेपालको जित


काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरिन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन् ।

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ ।

एएफसी महिला एसियन कप(२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।