काठमाडौं– अमेरिका–इरान तनावका बाबजुद पश्चिम एसियाबाट हुने तेल निर्यात पछिल्लो महिना तीव्र रुपमा बढ्न थालेको देखिएको छ । यस महिना तीव्र रूपमा बढेको तेल निर्यात परिमाणलाई इरानले मार्चमा स्ट्रेट अफ होर्मुज बन्द गर्नुअघिको स्तरनजिक पु¥याएको छ । यो सुधारले विश्वव्यापी ऊर्जा मूल्यमाथिको दबाब केही कम गर्न सक्ने देखिएको विज्ञहरुको भनाइ छ । तेल ट्याङ्करहरूको आवागमन ट्र्याक गर्ने कम्पनी ‘केप्लर’ का अनुसार सेप्टेम्बरमा दैनिक औसत एक करोड ब्यारेल तेल यस जलमार्गबाट पार भएको छ । यसबाहेक, यस महिना फारसको खाडी राष्ट्रहरूबाट स्ट्रेटलाई छलेर जाने वैकल्पिक पाइपलाइन र बन्दरगाहहरूमार्फत दैनिक ६० लाख ब्यारेल कच्चा तेल बाहिरिएको केप्लरको तथ्याङ्कले देखाएको छ । फेब्रुअरीको अन्त्यतिर इरानसँग द्वन्द्व सुरु हुनुअघि यस जलमार्ग र अन्य मार्गहरू हुँदै दैनिक करिब एक करोड ९० लाख ब्यारेल कच्चा तेल यस क्षेत्रबाट बाहिरिन्थ्यो । ट्याङ्करहरू ट्र्याक गर्न प्राविधिक रूपमा कठिन हुने भएकाले विश्लेषकहरूले दिएको कुल निर्यातको तथ्याङ्कले तेलको वास्तविक प्रवाह पूर्ण रूपमा नदेखाउन सक्छ । यद्यपि, अधिकांश विशेषज्ञहरूका अनुसार यस महिना तेल ढुवानीको मात्रामा उल्लेख्य वृद्धि भएको छ ।
Breaking


प्रतिक्रिया