काठमाडौं– १४ औँ महाधिवेशनमा ४२ सयको हाराहारीमा प्रतिनिधि छनोट गरेको नेपाली कांग्रेस अहिले ६ हजारभन्दा बढी प्रतिनिधि बनाएर महाधिवेशनमा होमिँदै छ । औपचारिक फुटको घोषणा मात्र हुन बाँकी रहे पनि कांग्रेसको संस्थापन पक्षले पार्टी एक हुँदाको भन्दा १८ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिलाई नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारीसहित तीव्र तयारी गरिरहेको छ । असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन सुरु गर्ने तयारी रहे पनि अविरल वर्षाका कारण प्रक्रिया प्रभावित भएपछि दुई दिन पछि सारेर असोज १८ गतेका लागि उद्घाटन समारोहको मिति तय गरिएको छ । संस्थापन पक्षले उद्घाटन समारोहमा इतर पक्षका नेता तथा पूर्वसभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा उपस्थित गराएर महाधिवेशन सुरु गर्दै एकताको सन्देश दिन खोजिरहेको छ । सभापति गगन थापा पक्षले देउवालाई उद्घाटन सत्रमा सहभागी गराएर प्रमुख अतिथि बनाउने भने पनि संस्थापन इतर पक्षले भने महाधिवेशनको सभापतित्व नै देउवाले गर्नुपर्नेमा जोड दिइरहेको छ । संस्थापन पक्षले देउवालाई सभापति स्वीकार्न नचाहनु नै विवादको मुख्य जड बनिरहेका बेला एकताको सम्भावना जीवित राख्ने हो भने महाधिवेशनको सभापतित्व देउवाले नै गर्नुपर्ने इतर पक्षका नेताहरूको अडान छ ।
Breaking


प्रतिक्रिया