खेलकुद

भारतसँग नेपाल २–१ ले पराजित


काठमाडौँ – भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २–१ गोल अन्तरले पराजित बनेको छ ।

आज भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।