खेलकुद

बेल्जियमलाई हराउँदै इटली सेमिफाइनलमा


काठमाडौँ – यूईएफए युरो कप अन्तर्गत गएराति भएको क्वाटरफाइनलको दोस्रो खेलमा इटलीले बेल्जियमलाई पराजित गरेको छ । जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाको गोलमा इटलीले अग्रता बनाएको थियो । त्यस्तै खेलको ४४ औं मिनेटमा बरेलाकै पासमा लोरेन्ट इनसाइनले इटलीको अग्रता दोब्बर बनाए । अर्कोतर्फ बेल्जियमका लागि पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोमेलु लुकाकुले गोल फर्काए ।

दोस्रो हाफमा दुबै पक्षले गोल थप्न नसक्दा इटलीले २-१ ले खेल आफ्नो पक्षमा पार्‍यो । सम्पन्न पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको थियो । सेमिफाइनलमा स्पेन र इटली प्रतिस्पर्धा गर्नेछन् ।