खेलकुद

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा : इटलीको स्पेन र इङ्ग्ल्याण्डको डेनमार्क प्रतिस्पर्धी


काठमाडौँ – युरोपको विभिन्न ११ शहरमा जारी १६औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्वार्टरफाइनल अन्तर्गत गएराति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यसअघि गएराति नै चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले पनि अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

यस संस्करणमा इंग्ल्यान्ड र डेनमार्कसँग इटाली र स्पेनले पनि अन्तिम चारमा स्थान बनाएका छन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।