खेलकुद

नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा


काठमाडौँ – यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत गएराति भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । हंगेरीको बुडापेस्टस्थित पुस्कस एरेनामा भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २-० गोल अन्तरले हराएको हो ।

चेक रिपब्लिकले शुरुदेखि नै दबाबका साथ खेल प्रस्तुत गरेका थियो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । खेलको ५५ औँ मिनेटमा म्याथियस डि लिटले रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सीमित भयो। त्यसपनि भने नेदरल्याण्ड्स झनै दबाबमा पर्‍यो ।

खेलको ६८ औँ मिनेटमा टोमस होल्सको गोलमार्फत चेक रिपब्लिकले अग्रता बनायो । ८० औँ मिनेटमा प्याट्रिक सिकले अर्को गोल थप्दा चेक रिपब्लिकले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो । अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ ।