खेलकुद

वेल्सलाई ४-० ले पराजित गर्दै डेनमार्क क्वाटर फाइनलमा प्रवेश


काठमाडौँ – वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा भएको खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २७ औँ मिनेटमा कास्पर डोलबर्गको गोलमार्फत डेनमार्कले अग्रता बनाएको थियो । पहिलो हाफमा डेनमार्कले १-० को अग्रता लियो। ४८ औँ मिनेटमा डोलबर्गले नै अर्को गोल थप्दै अग्रता दोब्बर बनाए । त्यस्तै दोस्रो हाफमा डेनमार्कले पुनः दुई गोल थप्यो। ८८ औँ मिनेटमा जोएकिम माएलेले र अतिरिक्त समयमा मार्टिन ब्रेथवेटले गोल गर्दा डेनमार्कले खेल ४-० ले आफ्नो पक्षमा पार्‍यो।

वेल्सले अब नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग क्वाटरफाइनलमा भिड्नेछ ।