देश

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन


काठमाडौँ – विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले प्रतिनिधि सभा पुनर्स्थापना र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।


बिहीवार विपक्षी गठबन्धनका भातृ विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सरकारका विरुद्धमा नाराबाजीसमेत गरेका थिए भने सार्वभौम संसद् पुनर्स्थापना गर, अब त अति भो राष्ट्रलाई क्षति भो, पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए ।

माग पूरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा गर्ने विद्यार्थी सङ्गठनहरूले जनाएका छन् ।