खेलकुद

युरो कपमा आज समूह ‘डी’का दुई खेल


काठमाडौँ – यूईएफए युरोकपमा आज समूह ‘डी’को अन्तिम चरणका दुई खेल हुँदैछन् । आज राति चेक रिपब्लिकले इङल्याण्डसँग र क्रोएसियाले स्कटल्यान्डसँग खेल्नेछन् ।

लन्डनको वेम्बली स्टेडियममा मध्यराति राति पौने १ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै समूह विजेताको रुपमा अघिल्लो चरण पुग्न चाहन्छन्।

चेक रिपब्लिक ४ अंकमा समूह ‘डी’को शीर्ष स्थानमा रहेर यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समान ४ अंक भएको इङल्याण्ड दोस्रो स्थनामा छ, आजको खेलमा बराबरीले मात्रै पनि दुवै टोली अघिल्लो चरण पुग्नेछन् ।

चेक रिपब्लिक र इङल्याण्ड हालसम्म ४ पटक मात्रै भेट भएका छन् । यी भेटमा इङल्याण्डले २ खेलम जित निकाल्दा एक खेलमा हार र एक खेलमा बराबरीको नतिजा आएको छ ।

सन् २०१९ मा भएको युरोकपमा भएको भेटमा पहिलो भेटमा इङल्याण्डले ५–० ले जित निकालेको थियो । अर्को खेलमा भने चेक रिपब्लिकले २–१ ले इङल्याण्डलाई हराएको थियो ।