खेलकुद

बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश


काठमाडौं –बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे ।बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्क पनि १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।घरेलु मैदानमा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काएका थिए ।