खेलकुद

युरोकपमा आज तीन खेल हुँदै


काठमाडौँ – युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत आज विभिन्न तीन खेलहरु हुँदैछन् ।

आज समूह ‘डी’को एक खेल र समूह ‘ई’ को दुई खेल खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आज नै हुने अर्काे खेलमा पोल्याण्ड र स्लोभाकिया खेल्नेछन् । समूह ‘ई’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

आज नै हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । स्पेन यो सिजनको उपाधि दावेदार टोली हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।।