खेलकुद

युभेन्टसको जितसँगै च्याम्पियन लिगमा छनौट


काठमाडौँ – युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा फराकिलो जित निकालको छ । यो जितसँगै उसले आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनौट भएको छ ।

आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिएर लिगको अन्तिम खेलमा मैदान उत्रिएको युभेन्ट्सले बोलोग्नालाई ४–१ ले हराएपछि युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । युभेन्ट्सको जितमा अल्भारो मोराटाको दुई गोल तथा फेडेरिको किएजा, र राबीओटले एक एक गोल गरे । बोलोग्नाका लागि रिकार्डोले एक गोल फर्काए । जितसँगै युभेन्ट्सले यो सिजनको सिरी ए फुटबल ७८ अंकसहित चौथो स्थानमा रहेर टुंग्याएको छ ।
युभेन्टस गत सिजनको लिग विजेता हो । खराव प्रर्दशनबाट गुज्रिरहेको युभेन्टसलाई यस वर्ष भने शीर्ष चारमा पर्न पनि मुश्किल भएको थियो ।

अर्को खेलमा नेपोली भेरोनासँग बराबरी खेल्दै अन्तिम चरणमा सिरी ए को शीर्ष चारमा रहने टिमको समीकरण पनि परिवर्तन भएको हो । लिगमा एसी मिलानले एटलान्टालाई दुई शून्यले हराउँदै दोस्रो स्थानमा रह्यो । हारको बाबजुद पनि एटलान्टा भने लिगको तेस्रो स्थानमा रहदैँ च्याम्पियन लिगका लागि छनौट हुन सफल भयो ।