समाचार

कर्णालीद्वारा अक्सिजन खरिदका लागि बजेट विनियोजन


काठमाडौँ – कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । यसका लागि प्रदेश सरकारले ६ करोड ३५ लाख बजेट विनियोजन गरेको हो ।

आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्ट सहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्नेगरि अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने गर्ने निर्णय गरेको हो । त्यस्तै कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय समेत गरेको छ ।