खेलकुद

करण केसीको विस्फोटक ब्याटिङ : मलेसियालाई २१८ रनको लक्ष्य


काठमाडौँ – करण केसीको आक्रामक ब्याटिङको मदतमा नेपालले त्रिकोणात्मक सिरिजमा मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो ।

नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरे । नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले १९ र कुशल भुर्तेलले १६ रन बनाए ।

मलेसियाका फिर्ताी शाम, अनवर रहमन र शेद अजिजले समान दुई दुई विकेट लिए । सिरिजमा नेपाल फाइनमा पुगिसकेका छ भने मलेसिया बाहिरिसकेको छ ।