खेलकुद

नेपाल नेदरल्यान्ड्ससँग पराजित

नेपालको पहिलो हार


काठमाडौँ – त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत आज भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपाललाई नेदरल्यान्ड्ले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छँदै भेट्टायो ।

किर्तिपुरको क्रिकेट मैदानमा भएको खेलामा नेपनलले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डसले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्याे । ३ बल मात्रै बाँकी छँदै नेदरल्याण्डले लक्ष्य पुरा गरी नेपालसंग रोमाञ्चीत जित हात पारेको छ । यो सिरिजमा नेपालको पहिलो हार हो ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धतशक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाएका थिए ।  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् । उनले नयाँ किर्तिमान बनाएका छन् । 

नेपाललाई हराउन नेदरल्यान्ड्सका ब्याट्सम्यान बास डि लिडीले निर्णायक भूमिका खेले ।

अबको खेल
प्रतियोगिताका चार खेल सकिँदा नेपाल र नेदरल्यान्ड्स दुवै तीन खेलमा दुई जितका साथ शीर्ष स्थानमा छन्।

बुधवार नेदरल्यान्ड्सले मलेशियासँग खेल्नेछ।

नेदरल्यान्ड्सले सो खेल जितेमा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछन्।

नेपाल र मलेशियाबीच बिहीवार खेल हुनेछ।