खेलकुद

एन्फा र अल्मुताईरीबीच थप तीन वर्षको सम्झौता


काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि प्रशिक्षक अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका हुन् । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफु सम्झौता नवीकरण गर्न सहमत भएको जनाएका छन् ।

View Post