काठमाडौँ— दुईजना बालबालिकाको ज्यान जाने गरी इरानले गरेको क्षेप्यास्त्र हमलाप्रतिआक्रोश व्यक्त गर्दै पाकिस्तानले निन्दा गरेको छ।पाकिस्तानको विदेश मन्त्रालयले इरानले हवाई क्षेत्रको उल्लंघन गर्दै दुई निर्दोष बालबालिकाको हत्या गरेको र यसको दुष्परिणाम भोग्न तयार रहन चेतावनीसमेत दिएको छ ।
पाकिस्तानले दुईजना बालबालिकाको ज्यान जाने गरी क्षेप्यास्त्र हमला गरेकोमा आक्रोश व्यक्त गर्दै इरानको निन्दा गरेको छ।बलोचिस्तान प्रान्तमा मंगलबार राति इरानले गरेको हवाई आक्रमणमा २ बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।आक्रमणको जिम्मा लिँदै इरानले सुन्नी लडाकु समूह जैश अल–अदलका किल्ला ध्वस्त पार्न छोटो मिसाइल र ड्रोन हमला गरेको बताएको छ।बलोचिस्तानको को–इ–शब्जमा इरानले ६ वटा ड्रोन र एउटा रकेट प्रहार गरेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ। इरानले त्यहाँ २ वटा घरलाई लक्षित गरी आक्रमण गरेको जनाएका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सम्भावित सुरक्षा खतरालाई निस्तेज पार्न सटिक र लक्षित आक्रमण गरेको बताएका छन्।पाकिस्तानले आक्रमणको कडा निन्दा गर्दै इरानले त्यसको मूल्य चुकाउनुपर्ने बताएको छ।पाकिस्तानको विदेश मन्त्रालयले इरानले हवाई क्षेत्रको उल्लंघन गरेको, दुई निर्दोष बालिकाहरूको हत्या गरेको भन्दै यसको दुष्परिणाम भोग्न तयार रहन चेतावनी दिएको छ।
‘दुबैतर्फ संवादको वातावरण हुँदाहुँदै इरान गैरकानुनी बाटोमा गएको पाकिस्तानको विदेश मन्त्रालयले उल्लेख गरेको बिबिसीले जनाएको छ । इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाई सीमाको ‘पूर्णतः अस्वीकार्य उल्लङ्घन’ गरिएको भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी पनि दिएको छ।तेहरानका चार्ज डे अफेयर्सलाई पनि विदेश मन्त्रालयमा बोलाएर विरोध जनाइएको छ।त्य
अघि इरानको सरकारी सञ्चार माध्यमले एक उग्रवादी समूह जैश अल अदलका अखडाहरूमा हमला गर्न ड्रोन र मिसाइलहरूको प्रयोग गरिएको जनाएको थियो। उक्त समूहले सीमा क्षेत्रमा रहेका इरानी सुरक्षा सैन्यमाथि हमला गरेको थियो।तर पाकिस्तानले त्यस्तो दाबीलाई अस्वीकार गर्दै त्यस्तो कार्य “गैरकानुनी” भएको भन्दै त्यसले “गम्भीर परिणामहरू” निम्त्याउने जनाएको छ।
इरानले इराकको उत्तरी सहर इरबिलमा बलिस्टिक क्षेप्यास्त्र हमला गरेपछि अमेरिकाले त्यस्को निन्दा गरेको थियो।गाजा स्ट्रिपमा इजरेल र इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासबीचको युद्धका कारण मध्यपूर्वभरि तनाव चर्को रहेको बेला इरानी हमलाहरू लगातार भइरहेको हो । पाकिस्तान र इरानले दशकौँदेखि जैश अल अदल लगायतका विभिन्न पृथकतावादी समूहहरूविरुद्ध लड्दै आएका छन। झन्डै ९०० किलोमिटर लामो साझा सीमावरपर सुरक्षा व्यवस्था दुवै देशको सरकारहरूका लागि निकै अघि देखि चिन्ताको विषय बन्दै आएको छ।तेहरानले गत महिना झन्डै एक दर्जन इरानी प्रहरीको ज्यान जाने गरी सीमा क्षेत्रनजिकै भएको एक हमलाको सम्बन्ध उक्त समूहसँग रहेको बताएको छ।


प्रतिक्रिया