काठमाडौँ – जनताले नचुनेपछि नेताले चुन्ने बाटोमार्फत संसदको यात्रामा रहेका पात्र हुन् कृष्णप्रसाद सिटौला । आफूलाई गणतन्त्रको हिमायती ठान्ने उनले यसरी सजिलो बाटो मात्रै रोजेका छैनन् राष्ट्रिय सभा अध्यक्ष हुने सपना नै देखेका छन् । जुन लगभग पक्का जस्तै देखिँदा के–के छन् त जोखिम र चुनौती ?
अन्य उम्मेद्वारको नाम टुङ्गो नलाग्दै राष्ट्रिय सभा सदस्य उम्मेद्वारका लागि कांग्रेसबाट सर्वसम्मत भएका कृष्णप्रसाद सिटौला अहिले विराटनगरमा छन् । सत्ता गठबन्धनको बलियो अंकगणितका कारण चुनाव जित्नेमा विश्वस्त देखिएका उनले सजिलो संसद यात्राको बाटो रोजेका हुन् । राष्ट्रिय सभा हरुवाको व्यवस्थापन गर्ने थलो बनेको टिप्पणीकाबीच त्यसको एक पात्रसमेत बनेका सिटौला राष्ट्रिय सभाको सदस्य मात्रै बन्दै छैनन् । आगामी २० फागुनमा हालका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिँदैछ र उक्त पदमा सिटौला जाने तयारीमा छन् । सोमबार मनोनयन दर्तापछि बसेको गठबन्धन दलको बैठकमा नेताहरूले नै सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनका लागि उम्मेदवार बनाएको बताएका हुन् । यता सिटौलाले पनि राष्ट्रिय आवश्यकता महसुस गर्दै गठबन्धनले टिकट दिएको भन्दै भोट मागिरहेका छन् ।
मुख्य कुरा त उनकै कारण पेलानमा परेका गृह जिल्लाकै कांग्रेस नेता विश्वप्रकाश शर्माले सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताएका हुन । त्यस्तै हारेकालाई टिकट नदिने पक्षमा भएपनि सिटौलाको योगदान हेर्दै आफू सहमत भएको डा शेखर कोईरालाको भनाईले कांग्रेसमा रहेको गुट सिटौलाको पक्षमा एकजुट भएको बुझ्न गाह्रो छैन् । फलत ः एमाले र राप्रपाले दिएको उम्मेद्वारी आफ्ना लागि प्रतिस्पर्धा नै नभएको बुझाईमा रहेका सिटौला आफूलाई राष्ट्रिय सभाको नेतृत्वमा पुग्न कसैले रोक्न नसक्ने बुझाईमै छन् ।
गिरिजाप्रसाद कोइरालाकै कारण राजनीतिमा चम्किएका उनी वृहत शान्ति सम्झौताका मुख्य व्यक्ति हुन् । फलत ः प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डका समेत साझा व्यक्ति बनेका उनी राजतन्त्रको विदा गर्ने तयारीसहितको शक्तिशाली सरकारको गृह प्रशासन हाँकेका थिए । तर लगातार जसो चुनाव हारेका उनी अहिले सर्वसहमत कै अवस्थामा छन् । तर प्रचण्डले सरकार छोडेपछि संवैधानिक परिषदमा उपस्थित नहुने अवस्थाले माओवादी पिरोलिएको छ । सो समयमा सत्तामा कांग्रेस र राष्ट्रिय सभाको नेतृत्व पनि कांग्रेसकै भए पेलिने खतरामा रहेको उसले तलमाथि गर्ला कि भन्ने आशामा एमाले र राप्रपा देखिन्छन् । यहि कारण क्लष्टर मिलाएर एमालेले र राप्रपाले उम्मेद्वारी दिएको चर्चा चल्दा कोशीमा आशा गर्न सकिने ठाँउ रहेको एमाले नेताहरुले नै बताउने गरेका छन् । यता माओवादी नेताहरुले पनि सवै गुमाउने अवस्था स्वीकार्य नहुने भन्दै राष्ट्रिय सभाको अध्यक्षमा दावी रहने बताँउदै आएका छन् ।
हुन् त व्यवस्था नै खतरामा परेको र पक्षधरहरु एक हुनुपर्ने प्रचण्डले नै बताउँदै आएका छन् । यहिबेलामा सिटौलाको उम्मेद्वारी अर्थपूर्ण पनि छ । फलत ः पार्टीको निर्णयको विरुद्धमा गएपनि त्यो फरक पार्ने मत नहुने आशामा सिटौला छन् । यता कांग्रेस नेतृत्वले समेत सिटौला आए राष्ट्रिय सभा नेतृत्वमा दाबी नगर्ने माओवादीको प्रतिबद्धता रहेको बताँउदै आएका छन् । जसले जोखिम कै बिच उनको संसद यात्रा निश्चित नै भएपनि सोचेजति माथि जाने विषयले भने सोच जसरी अघि बढ्ला भन्न सकिँदैन ।


प्रतिक्रिया