समाचार

केटी पाउँदैनन् युवा, बालेनको खदामाला रोकियो, युवाको बिहे भएन ।। सिसडोलको सास्ती (भिडियोसहित)


काठमाडौँ — काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम नुवाकोट ल्याण्डफिल साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । उक्त क्षेत्रका अधिकांश स्थानीय रोगी छन् । त्यसमा धेरै जसो बिरामीमा क्यान्सर देखिएको स्थानीयको दाबी छ । कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्नेसमस्या छ ।।

उमेर पुगेपछि वैवाहिक बन्धनमा बाधिन चाहनेहरुले विचार, उमेर र सामाजिक सम्बन्ध मिलाउन खोज्नु स्वभाविक नै हो । तर नुवाकोटको सिसडोलबासी युवाहरुको समस्या भने अर्कै छ । सबै कुरा मिल्दा पनि उनीहरु सिसडोलबासी भएकै कारण सम्बन्धको कसी जोड्न खोज्दा युवतीहरुबाट अस्वीकृत हुने गरेका छन् । सुन्दा र भन्दा अनौठो लागेपनि फोहोरको डङ्ंगुरले गाउँ नै दुगन्धित हुने भएकाले केटीतर्फका परिवारले छोरी दिन मान्दैनन् । फोहोरको गन्धका कारण छिछि र धुुर्धुर गरिरहेका हुन्छन् ।यहाँका युवालाई प्रेमिकाले समेत साथ छोड्ने र ३० वर्ष पुग्दा पनि वैवाहिक गाँठो बाँध्न मुस्किल पर्ने गरेको छ । नाता जोड्न खोज्दा फोहोरकै कारण अपमानित हुनुपरेको छ भने वैवाहिक जिवनकै लागि बसाइँ सर्नु पर्ने बाध्यता छ ।
बाइट ः मनिष ढुंगाना, स्थानीय, ककनी गाउँपालिका, ३, नुवाकोट

यहाँ स्थानीयस्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशीलतामा असर पुगेको छ । ल्याण्डफिल साइट रहेको सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रको जमिन किनबेच हुँदैन । साथै बैंकले धितो दिनसमेत अस्वीकार गर्न थालेको छ । यस क्षेत्रका स्थानीयको आर्थिक चक्र नै ठप्प भएको छ । फोहोर फाल्न थालिएपछि अहिले यहाँ धेरै मानिस क्यान्सर पीडित भएका स्थानीयको दाबीछ । जन्मजातै क्यान्सर बोकेर आउनुपर्ने बाध्यता आफूहरुमा रहेको उनीहरुले गुनासो गरे ।

नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहनेगरी शुरु भएको अस्थायी स्यानिटरी ल्याण्डफिल अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर निरन्तर फाल्न थालिएको १९ वर्ष बढी भइसकेको छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन् । यस क्षेत्रको समग्र विकासमा असर गरिरहेको छ । स्थानीय गाउँ छोडेर बसाइँ सर्न थालेका छन् । केही समय यस्तै रहे स्थानीयको जीवन रक्षा गर्न पूरा गाउँ नै स्थानान्तरण गर्नुपर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।।