देश

नयाँ बीमा कम्पनीलाई तत्काल लाइसेन्स नदिने


काठमाडौँ – बीमा समितिले नयाँ बीमा कम्पनीहरुलाई तत्कालै लाइसेन्स नदिने बताएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर बजारमा हल्ला गरिएको जस्तो नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको प्रष्ट पार्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ “नयाँ बीमा कम्पनीलाई इजाजत दिने समाचारहरूप्रति बीमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित छ ।”

पौडेलले समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारवाही समेत नगरेको स्पष्ट पार्न चाहेको बताउनुभएको छ ।