Breaking

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बुझाए अदालतले तोकेको धरौटी


काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् ।

आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति गर्दा कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् ।

सोमबार र मङ्गलवार सरकारी कार्यालय बिदा परेका कारण रिजाललाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाउन नसकिने भएकाले थुनामै रहने केन्द्रीय कारागार स्रोतको भनाइ छ ।