Breaking

मेलम्ची खानेपानी ल्याउन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

योहो संवाददाता

काठमाडौं । काठमाडौंवासीहरूले तत्काल बन्द गरिएको मेलम्ची खानेपानी ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

सोमबार काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी पटक–पटक बन्द हुँदा अझै उपत्यकावासीले दीर्घकालीन रूपमा उपयोग गर्न पाएका छैनन्। पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो ।

क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिए पनि सरकारले समयमा पानी भने ल्याउन सकेन।

बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेरि मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द ग¥यो।