काठमाडौँ — एकातर्फ राजतन्त्रप्रति बढ्दो क्रेजको दावी गर्दै हौसिएका राजावादी र अर्कातर्फ उनीहरुमै फुट देखिदाँ पूर्वराजा नै उनीहरुमाथि विश्वस्त देखिँदैनन् । जहाँ यो वहस नै निरर्थक रहेको गणतन्त्रवादीहरुको दावीकाबीच कसैको पेवा भन्दा राजा सवैको साझा बन्ने बहससमेत छ । के देशका प्रमुख दल कांग्रेस–एमाले नै राजा ल्याउनेबाटोमा छन् त ? बल्खुमा दुर्गा प्रसाईले उचालेको भिडले तत्काल राजतन्त्र आउने राजावादीहरुको उत्साहका बिच झापामा पूर्वराजालाई स्वागत गर्न आएको भिडले अर्को हौसला थपिदिएको छ ।
तर प्रसाईंसिफल चौरमा सिमित हुँदै गलेर आसेपासेको मोटरसाईकल ¥यालीमा समेटिएका छन् । अर्थात राजावादी कै दुईओटा आन्दोलन हुदाँ झापाको प्रदर्शनमा करिब ३० हजार जनता सहभागी भएको राप्रपाको आन्तरिक मूल्यांकन छ । यसले राजाका आँखामा प्रमाणित भएको बुझाईमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुग्दा एउटा जिल्लाको कार्यक्रममै यतिको उपस्थिति हुनुले देशमा राजतन्त्रको एजेन्डा बलियो रुपमा स्थापित भइरहेको बुझाईमा राप्रपाकै नेताहरु छन् । यसले राजतन्त्रको नेतृत्व राप्रपाले गर्ने तय भएको बुझाईमा उनीहरु पुगेका छन् भने राजावादीहरु एक ठाँउमा उभिनुपर्ने आवाज उठाउन थालेका छन् ।
फलत ः पुस १, २ र ३ गते बस्नेराप्रपा केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । जहाँ उनले आफ्नो प्रतिवेदनमा राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याउने र आन्दोलनको नेतृत्व गर्ने विषयमा आफ्नो प्रस्ताव अघि सार्ने छन् । त्यसै बमोजिम राप्रपाले कार्यनीति बनाउने बताईएको छ । तर राजनीतिक विश्लेषकहरु भने अहिले पूर्वराजा ज्ञानेन्द्र शाह कसैको काँधमा चढेर नभई राजनीतिकदल, जनता र राजा एक ठाँउमा उभिने किसिमले आउन चाहिरहेको तर्क गर्छन् ।
त्यसका लागि कांग्रेस वा एमालेले नै राजतन्त्र आवश्यक नठानी वातावरण तय नहुने उनीहरुको तर्कका विच राजतन्त्र माग्ने शक्तीलाई उत्तेजित गराउने दलहरुको रणनितिमै शंका गरिरहेका छन् । त्यसैको उपज कहिले नली हाड फुकेर राजतन्त्र नफर्किने त कहिले राजावादी शक्ती वोक्नेलाई नकारात्मक रुपमा प्रश्रय दिने काम त भईरहेको छैन भन्ने प्रश्नसमेत उब्जिएको छ ।
अहिले पनि लिङदेनमाथि ओलीको प्रेम अटुट छ । राप्रपासँग निर्वाचनको साझेदारी गर्ने उनी झापामा बारम्बार लिङदेन जिताउनुमा आफ्नो जित सुनिश्चिततामात्रै देखेका हुन् त भन्ने प्रश्न पनि छ । त्यस्तै आज राजावादी बनेका प्रसाई ओलीलाई हजुरबा नै मान्दै आएका छन् । साथै ओलीले पारस शाहलाई फोन नै गरेर महाअभियान सुरु गरेको भन्ने ै लिङ्देनले दावी गरिरहेका छन । विगतमा समेत पार्टि प्रवेश अघि नै प्रसाईलाई केन्द्रीय सदस्य बनाएका ओलीले आफ्नो जनसभा गर्ने ठाँउ समेत कुनै वेला नारायणहिटीअघिको सडक रोजेका थिए ।
यता कांग्रेसभित्र त एक हिस्सा खुलेरै राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा छ । फलत ः अहिले विकसित घटनाक्रममा निर्मल निवास राप्रपा जस्ता दल तथाराजतन्त्रवादी शक्तीहरुलाई एकत्रित गर्न प्रयोग गरिरहेको विश्लेषण सुरु भएको छ । त्यसका लागि सडकमा देखिएको माहोल समेत सहयोगी शिद्ध हुदाँ सदनमा राप्रपा रहनुलाई समेत रणनितिक रुपमा हेरिएको छ । जसलाई कतिपयले राप्रपा अझै पनि सत्तामा जान कुनाबाट च्याँखे थापिरहेको हुँदा आन्दोलनमा उत्रिने सम्भावना नरहेको रुपमा टिप्पणी गर्छन् ।
राप्रपाको रणनिति नै ठुला दलमा राजतन्त्र पक्षधरहरुको समूह जुटाउनु र धुव्रीकरण गर्न रहेको केहि विश्लेषकहरु बताउँछन । वरिष्ठ पत्रकार युवराज घिमिरे पनि ठुला दलका केहि नेतामा १२ बुँदेबाट विदेशी शक्तीको हस्तक्षेप भएको बुझाई रहेको बताउँछन् । यसले १२ बुँदेभन्दा माथि उठेर कोर्ष करेक्सनको बेला आएको उनको तर्क छ ।
हुन त कतिपय नेताहरुले शक्ती मै नरहेकापूर्वराजासँग सहमति गरेर त्यसलाई राष्ट्रिय शक्तीका रुपमा अथ्र्याउन नसकिने बताँउदै आएका छन् । अहिलेको आवश्यकताराष्ट्रिय मुद्दाहरुमा भिन्न दलविचको मतएैकता नै रहेको तर्क गर्ने उनीहरुको दावीसमेत नेपाली नागरिकभन्दा देशभक्त राजा हुन नसक्ने नै छ । तर राजाप्रतिको बढ्दो क्रेज र त्यसले बोकेर हिँडेको शक्तीको व्यवस्थापन के ? भन्ने प्रश्न समेत छ । जसको उत्तर राजादेखि दलसम्म एकैकित्तामा उभिने नै हो भन्नेमा दुईमत नहुदाँ के कांग्रेस र एमाले नै राजा ल्याउन तयार होलान् ? त्यो भने समयले नै बताउने छ ।


प्रतिक्रिया