काठमाडौँ — सडकमा विरोधी आवाज बलियो बन्दै जाँदा सरकार भने उल्टो बाटोमा देखिएको छ । पुराना दल र शीर्षस्थ नेताहरुको शैलीकै कारण नागरिकले गोली थाप्न तयार रहेको प्रतिक्रिया दिइरहँदा सरकार समस्या समाधानभन्दा उत्तेजित बनाउ लागि परेको छ । राजनीतिक फाइदामा लागेका पुराना दलहरुसंयमितभन्दा आक्रामक बन्दा दुर्गा प्रसाईं जस्ता पात्र हिरो बन्न थालेका छन् । यी हुन्वीरबहादुर कडायत । कालिकोटको म्यान्म घर भएका उनी राष्ट्रिय झण्डा वोकेर हिँडेकै कारण प्रहरीको खानतलासीमा परे । दुई छाक हातमुख जोड्न संर्घषरत उनी दुर्गा प्रसाईंले आन्दोलन गर्न लागेको र त्यहाँको भिडमा गए झण्डा बिक्रीगर्न पाइएला भन्ने आशामा तिनकुने आएका थिए ।
विगतबाट गर्दै आएको गलैँचा बेच्ने कामले खान नपुगेछि त्यसलाई चट्टकै छोडेर कहिले तरकारी त कहिले यस्तै मौसमी सामग्री बेच्दै आएका छन् । तर गज्जब त प्रसाईंकै आन्दोलनमा व्यापार देखेका उनको पनि गास काटेर जम्मा गरेको केही पैसासमेत कुनै एउटा वित्तियसंस्थाले नै खाइदिएको रहेछ ।
यी त आन्दोलनमा व्यापार देखेका पात्र भए । वित्तिय संस्थाले बसी खानै नदिएपछि विरक्तिएरयी गोरखाकी मिठु परियार त आन्दोलनमै सहभागी छिन् । भलै प्रहरीले बानेश्वरस्थित एक पार्टी प्यालेसमै बन्दक बनाँउदा उनी सडकमा आउन पाइनन् । प्रसाईंको आन्दोलन छिन्नभिन्न पार्न जहाँ समर्थक छन् त्यहीँ रोक्ने सरकारको रणनीतिले आक्रोशित बनेकी उनलाई आन्दोलन सफल हुन्छ भन्ने आशा छ ।
उनी जस्तै सोही जिल्लाकी निर्मला खत्रीले त दशैँका लागि पालेको खसीसमेत वित्तिय संस्थालाई बुझाइन् । जति तिरेपनि ऋण चुक्ता गर्न नसकेपछि प्रसाईंले दिएको ऋण मिनाहाको आश्वासन र आन्दोलनको मुद्दामा विश्वस्त देखिएकी उनी भिडन्त वारपार नगरी गाँउ नफर्किने सोचमा छिन् । आर्थिक कारणबाट प्रसाईको अभियानमा जोडिएका उनीहरुमा अहिले यहि अभियानले व्यवस्था नै खराव रहेको विष घोलिसकेको छ । फलतः अब आर्थिकभन्दा व्यवस्थालाई जोडेर प्रश्न गर्ने ठाँउमा उनीहरु पुगिसकेका छन् ।
संस्थाले पैसा खाईदिएर सडकमा आएका वीरबहादुर हुन् कि त्यस्तै संस्थाले दपेडेर आन्दोलनमा आएका मिठु र निर्मला हुन्, सवैको समस्या पैसासँग जोडिएको छ । यी पात्रहरुबाटसहकारी र वित्तिय संस्थाहरुले एकातर्फ वचत भएको पैसा फिर्ता नगर्ने तर आफ्नो पैसा उठाउन देखाएको हर्कतले उनीहरुको नियत के हो भन्ने प्रष्ट भइसकेको छ । सहकारीबाट पैसा फिर्ता पाउ भन्दै केहिसमय अघि पिडितहरु सडकमै आएको दृश्यका विच यहि समस्यामा प्रसाई जस्ता पात्रहरु खेलिरहेका छन् । सरकारले भने ऋण कुनै हालतमा मिनाहा नहुने तर समाधानका लागि प्रयास गर्न सकिने बाटो अपनाउन सक्छ ।
अर्थात नागरिकका लागि सरकार भएको आभास दिलाउन सकेप्रसाईं जस्ता पात्रले खेल्ने सक्ने ठाउँ पाउँदैन थिए । यस्तै वित्तिय संस्थामा बचत राख्दा वा ऋण लिदा पीडित हुनु पर्ने आमसर्वसाधारणको समस्यामा सरकारले पार लगाउनै नसक्ने अवस्था पनि छैन । जुन मुख्य कारणलाई वेवास्ता गर्दै सरकार आन्दोलनकारीलाई दमन गर्ने उल्टो बाटो हिडिँरहेको छ । यद्यपी सत्ता सहयात्री दल नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे भने यसवारे सरकारले कदम चाल्न थालेको बताउछन् । अर्थमन्त्री कांग्रेसकै भएको वर्तमान अवस्थामा अर्थतन्त्रसंग जोडिएका समस्या समाधानतर्फ सरकार लागेको बताउँदै उनले जसले उठाएका भएपनि जायज प्रश्न सरकारले सुन्नु पर्ने तर्क गरे ।
आन्दोलनमा सहभागी भएकाहरुको समस्या हेर्दा सरकारले आफूले जनाएका प्रतिबद्धता वा सहमति कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाहमात्रै गरे पनि यो समस्या सजिलै समाधान हुने अवस्था देखिन्छ । सरकारका लागि यस्ता समस्या, समस्या नै बन्नु नपर्ने हो । केहि समय अघि नै यो कदम चालेको भए सरकारको आश्वासनले मात्रै पनि काम गर्न सक्थ्यो । तर त्यहि घाउ अहिले क्यान्सर जसरी फैलिँदै गर्दा अर्थतन्त्र सुधार्न केहि गरेजस्तो देखाउने बाटोमा बल्ल सरकार आईपुगको छ ।
जुन सकारात्मक कदम भएपनि सरकारको तयारी समस्याभन्दा पछाडि नै छ । नागरिकको समस्या सुन्नु पर्ने सरकारले उल्टै दमनको नीति अवलम्बन गर्दा विद्रोहको आवाज अझ बलियो बन्दै गएको छ । यसले झिल्कोबाट भीषण आगलागीको रुप लिँदै सरकारकै लागि घातक नबन्ला भन्न सकिँदैन ।


प्रतिक्रिया