Breaking

टिकटकको आपत्ति, सरकार डरायो, भारत र अमेरिकाले बन्द गरेका हुन् ?


काठमाडौँ — सामाजिक सञ्जाल टिकटक प्रतिवन्धले राष्ट्रिय राजनीति तरंगित छ । सरकारको समर्थन र विरोधले समाज विभाजित छ । सामाजिक सद्भाव विगारेको तर्क सहित सरकारले टिकटक बन्द गर्दा कतिपयले टिकटकमाथीको प्रतिबन्ध भु–राजनीतिक दवाव भएको तर्क गर्न थालेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, चीन प्रति नरम नभएर गरम रुपमा प्रस्तुत हुँदैछन् । चीनको बीआरआई लत्याएका प्रचण्डले अहिले चीनीया उत्पादन टिकटक माथि प्रतिवन्ध लगाएर चीनप्रति गरम रुपमा प्रस्तुत भएको सन्देश दिएकाछन् ।

अहिले प्रचण्डको टिकटक बन्दलाई एकछिनको क्षणिक मनोरञ्जनमा अकुंश मात्रै नभएर भु–राजनीतिक अवस्थासंग जोडेर पनि विश्लेषण गर्न थालिएको छ । सामाजिक सञ्जालमा आफ्नो साम्राज्य जमाएको पश्चिमा मुलुकलाई चुनौती दिँदै चिनियाँ सामाजिक सञ्जाल टिकटक सबै पुराना सामाजिक सञ्जाललाई टक्कर दिने एप बन्यो । टिकटक एकाएक विश्वभरका प्रयोगकर्ताको घरघरमा पुग्यो । चिनियाँ सामाजिक सञ्जाल आफ्नो घरेलु प्रयोगकर्ता भन्दा बाहिर यत्तिको लोकप्रियता हासिल गरेको विरलै इतिहास छ । टिकटकले त्यो परिस्थितिलाई बदल्न सफल भयो ।

तर सुरुवाती चरणदेखि नै अनेक चुनौतिको सामाना र विश्वका विभिन्न मुलुकहरुमा प्रतिवन्ध खेपिरहेको टिकटकले छिमेकी मुलुक भारतपछि नेपालमा पनि प्रतिबन्धित बन्यो । सरकारले टिकटकमाथी प्रतिवन्ध लगाउन साथ टिकटकले सात बुँदे पत्र पठाई सकेको छ । टिकटकले नेपालमा लगाएको प्रतिबन्धले केवल उनीहरुको लगानी योजनामा बाधा उत्पन्न गर्ने मात्रै नभई त्यससँगै जोडिएका नेपाली कन्टेन्ट क्रियटर, खासगरी युवा वयस्कमा गम्भिर आर्थिक असर पर्ने उल्लेख गरेको छ ।

भारतले सुरक्षा चुनौति र गोपनियताप्रति असुरक्षित मान्दै टिकटक बन्द गरेको केहि समयपछि नेपालमा पनि सामाजिक सद्भाव विथोलेकोे निष्कर्ष निकालेर टिकटक बन्द गर्ने निर्णय ग¥यो । सरकारले टिकटकमाथी प्रतिवन्ध लगाउनु सामाजिक सद्भाव विगारेको विषय मात्र नभई भु–राजनीतिक दवावका कारण पनि टिकटक बन्द गरेको तर्क गर्न थालेका छन ।

सामाजिक सद्भाव विगारेको भनेर सरकारले टिकटक प्रतिबन्ध राष्ट्रिय अन्तराष्ट्रिय दवावमा बन्द भएको तर्क उनीहरुको छ । चिनिया कम्पनि भएको भारत अमेरिकामा पहिल्यै प्रतिवन्ध लगाई सकेको सन्दर्भमा अहिले अचानक टिकटक बन्द हुनुलाई कुटनीतिक दवाव नै हुनसक्ने तर्क विश्लेषकहरुको छ । अर्कोतर्फ सरकारका कर्तुतहरु टिकटकमा सहजै सार्वजनिक भएका कारण पनि डराएर बन्द गरेको उनीहरुको बुझाई छ ।

पश्चिमा सामाजिक सञ्जाल निर्वाध रुपमा चल्नु र चिनिया सामाजिक सञ्जाल टिकटक सामाजिक सद्भाव विगारेको भन्दै बन्द गर्नुले अनेक कोणमा बहस जारी छ । विश्वबजारमा सामाजिक सञ्जाल मार्फत चिनलाई चिनाउने टिकटक प्रतिबन्धले व्यापारिक अथाव कुटनीतिक तवरमा असर पु¥याउने त होइन भन्ने शंका समेत बढाएको छ । बढ्दो दुई पक्षीय राजनीतिक भ्रमण बन्द रहेको नाकाहरुको पुनसुचारुले सुमधुर बन्दै गएका बेला टिकटकमा लगाएको प्रतिवन्धलाई चिनिया पक्षले कसरी हेर्न भन्ने विषय पनि चासोमा छ ।