Breaking

अब फेसबुक पनि बन्द ! यी शर्त माने टिकटक फर्किने, पुराना भिडियो के हुन्छ ?


काठमाडौँ — नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रापताप आजदेखि सकिँदै छ । यही बिचमा प्रतिबन्धमा परेको टिकटकको राप भने बढ्दै गएको छ । एकातर्फ यसलाई सरकारको नियतसंग जोडेर हेरिँदा अर्कातर्फ यसलाई नियमनमात्र गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । टिकटक प्रतिबन्धको बाछिटाले अन्य सामाजिक सञ्जालमाथि पनि प्रश्न उठाएको छ । टिकटकभन्दा अश्लिल र समाजका लागि खतरा बन्दै गएका फेसबुक र अन्य सामाजिक सन्जाल पनि बन्द गरिन्छ त ? भन्ने प्रश्नसमेत उठाउन थालिएको छ ।

केही समय अगाडि धरान साम्प्रदायिक द्वन्द्वको केन्द्र नै बन्ला जस्तो खतरा उत्पन्न हुनुमा चर्च निर्माण र गाईको मासु खाएको विषय प्रमुख बनेको थियो । जसमा गौ हत्यामा जेल परेर छुटेकाहरुलाई स्वागत गर्ने भन्दै गाई काटेर सामूहिक भोज गरेको फोटो सामाजिक सन्जाल फेसबुकमा पोष्ट भएको थियो । यता नेपालगन्जमा पनि साम्प्रदायिक द्धन्द्वको उस्तै खतरा देखिँदा कफ्र्यु नै लगाउनु परेको थियो । यो पनि फेसबुक पोष्टमा गरिएको कमेन्टबाटै विवादले उग्ररुप लिएको थियो । हनी ट्रयापका घटनादेखि कसैको आईडी ह्याक गरेर अनधिकृत पहुँच कायम गर्ने त फेसबुकमा सामान्य जस्तै बन्दै गएको छ ।

आम नेपालीको बढी पहँुच भएकै कारण यस्ता घटनाको केन्द्र फेसबुक बन्ने गरेको विश्लेषणका बिच यसमा छोटो भिडियो हाल्ने सुविधा भएको रिल त झनै अश्लील सामग्रीको केन्द्रकै रुपमा रहेको छ । २०८० साउन १ देखि २०८० असोज ३० सम्मको प्रहरीको तथ्यांक हेर्दा टिकटक भन्दा झण्डै ७ गुणा बढी कारबाही फेसबुक/मेसेन्जरलाई लिएर भएको छ । अर्थात सामाजिक सद्भाव खल्बलाएको भन्दै टिकटकलाई बन्द गर्ने निर्णयमा सरकार पुग्दा टिकटकबाट भएका अपराधबारे ५४८ ओटा उजुरी पर्दा ३७७८ उजुरी फेसबुक म्यासेन्जरसंग जोडिएका परेका छन ।

जसले टिकटक बन्द गर्नुको आधार के हो भन्ने प्रश्न बलियो बन्दा कुन कानुनका आधारमा यो निर्णयमा पुग्यो भन्ने प्रश्नसमेत पेचिलो बनेको हो । त्यस्तै ईन्टाग्राम, ईमो लगायतका अन्य सामाजिक सन्जालसमेत आपराधिक कार्य र अश्लिलता फैलाउने सामग्रीका लागि प्रयोग हुँदै आएका छन् । यति हुँदा पनि टिकटकमात्र बन्द हुनु अदूरदर्शी निर्णय भएको तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कार्य भएको कानुनका जानकारहरु बताउँछन ।

संविधान र कानुनका जानकारहरुकाअनुसार सरकारले कानुन बनाएको अवस्थामा भने निश्चित स्थितिमा सामाजिक सञ्जाल सेवा प्रदायकहरू नेपालमा बन्द गर्न सक्छ । तर नेपालमा भने पहिले प्रतिबन्ध र पछि कानुन भएको भन्ने कोणबाट समेत यसको विरोध भएको हो । कतिपयले सरकारको यो निर्णयबाट पछि हट्ने अवस्था नै आउने विश्लेषण समेत गर्दा नियमनका लागि कानुन नबन्जेलमात्र बन्द गरिएको आफ्नै मनमौजी तर्क गर्नेहरु पनि छन । त्यस्तै टिकटकका प्रतिनिधिहरुसंगको छलफलमा नेपालले राखेका विषयमा संवेदशील नभएको देखियो ।

व्यापार युद्ध भएकोसम्म लख काट्नेहरुको विगविगी बढेको छ । जहाँ टिकटक कम्पनीले भोलिका दिनमा आफूलाई मजबुत बनाउँदै गुनासा सुन्नेगरी अघि बढेको खण्डमा पुनः सञ्चालनमा ल्याउन सकिनेगरी अहिलेलाई अस्थायी रुपमा भिडिओ मात्रै नचल्ने बनाएको प्रधानमन्त्रीका स्ककीय सह–सचिव गोकर्ण भट्टले जनाएका छन । त्यस्तै पुराना सामग्री समेत नहट्ने उनको भनाईका विच अहिलेका लागि भने सरकार कसैगरि बन्द गराउने र त्यसमा वाधा पुर्याउनेलाई कारबाही नै गर्नेहरु अघि बढेको छ । यद्यपी पूर्ण रुपमा टिकटक अझै बन्द नभएको अहिलेको अवस्थामा निर्णय कार्यान्वयन गराउन नै सरकारले भोगिरेहको हैरानीलाई व्यङ्ग गर्नेहरु समेत बढेका छन ।

यो निर्णयको पक्ष र विपक्षमा गरामागरम बहस भइरहेका बेला टिकटक बन्द गर्ने सरकारको यो निर्णय हतारमा नभएको सरकार पक्षको दावी छ । टिकटकमा देखिएका अनियमिता कम गर्न रिपोर्ट गर्दापनि कुनै रेस्पोन्स नभएपछि अन्तिममा बन्द गर्ने निर्णयमा सरकार पुगेको उनीहरुको दावीका बीच के अन्य सामाजिक सन्जाल पनि बन्द गर्ने हो त भन्ने प्रश्नमा समेत अरु टिकटक जस्तो नभएको तर्कमा सरकारी पक्ष रहने यहि दावीले प्रष्ट छ ।