काठमाडौँ — सडक र सदनमा राजावादी र गणतन्त्रवादीबीच आमनेसामने हुनु स्वाभाविक रुपमा लिन सकिन्छ । विजयादशमीका दिन आकर्षणको केन्द्रमा रहेको शीतल निवास र निर्मल निवासको तुलना गर्दै यत्ति बेला राजा भन्दा राजावादीहरुको शिविरमा उत्साह थपेको छ । दशैका दिन राजाको हातको टिका थाप्न आएका सर्वसाधरणको भीडले राजावादीहरुलाई हौसला मिलेको छ । शीतल निवास र निर्मल निवासको दशैको टिकाले पूर्णता राजनीतिक रुप लिईसकेको छ । राजावादी र गणतन्त्रवादीहरुबीच दशैको शुभकामना सन्देशसँगै सुरु भएको दन्तवजान अहिले थप सतहमै आइ पुगेको छ ।
गणतन्त्रलाई व्यङग्य गरेका पूर्वरावा ज्ञानेन्द्र शाह निर्मल निवासमा केहि उच्च पदस्थ र चर्चित अनुहार टिका थाप्न आइ पुगेपछि उत्साहित भएका छन । राज र हिन्दु राज्य एजेन्डा बोक्दै आएको राप्रपाको प्रतिपक्षमा रहेका रविन्द्र मिश्र यसैको विरासत बोक्दै यहि एजेन्डालाई आफ्नो उदयको रुपमा व्याख्य मात्र गरेको छैन कि गणतन्त्रको प्रतिकमा छाएको निराशाकै कारण दरबारमै फर्कने दिवा सपना समेत देख्न थालेका छन ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन गणतन्त्रवादीको सत्तायात्री बनेपछि कट्टर राजावादीको रुपमा उभिएको रविन्द्र मिश्र गणतन्त्रवादीको निशानामा परिरहेको छ । अहिले राजावादी र गणतन्त्रवादीहरु सामाजिक सञ्जालमा आफ्नो विचार पोख्ने मात्र होइन सामाजिक सञ्जालमै भिडन थालेका छन । गणतन्त्रवादीहरु रविन्द्र मिश्रको खिसिटिउरीमा उत्रिएका छन । टिकाको दिन शीतल निवास र निर्मल निवासमा सर्वसाधरण बहस बनाइएको छ भने राष्ट्रिय राजनीति तंरगित बनाएको छ । धेरैले राजा लोकप्रिय कि राष्ट्रपति बहसमा छ । राजनीतिक दल नेताहरु आफै यो विषयलाई मलजल गर्न उदत्त छन ।
दशैको टिका आर्शिवादका लागि हुनुपर्ने थियो । तर गणतन्त्रवादीले टिका नलगाउँदा गणतन्त्र नै डगमाए जस्तो गर्नु र राप्रपाकै कार्यकताको बलमा केहि सर्वसाधरण निर्मल निवास पुग्दैमा राजावादीमा आशा पलाउनु पानीमा फोका परे सरह मात्र हो । केहि चर्चित हस्तीहरु राजाको हातबाट टिका लगाउन पुगेपछि राजावादीहरुको शिविरमा खुशी छाएको छ ।
दशैको शुभकामना सन्देशमार्फत नै भिड्न सुरु गरेका राजावादी र गणतन्त्रवादीहरुको आलोचना र आक्षेप थप आकाशिएको छ । व्यवस्था बदलिए पनि आफ्नो अवस्था परिवर्तन नहुँदाको सर्वसाधरण विरक्तिएका छन नेता र नेतृत्वप्रति आक्रोशित छन तर टिका लगाउन आएका जमातले राजतन्त्र फर्काउँछ वा राजा ल्याउँछ भन्नु केवल दिवा सपना शिवाय यसको कुनै औचित्य छैन ।


प्रतिक्रिया