Breaking

भारतीय भूमिमा चम्किइन दृष्टिविहीन मेनुका, प्रशान्त तामाङको झल्को, आइडल जित्ने यस्तो छ यात्रा


काठमाडौँ — दृष्टिविहीन भएर सांगितिक क्षेत्रमा देशमै संघर्ष गरिरहेकी मेनुका पौडेल अहिले भारतमा जारी गायन रियालीटी शो इण्डियन आइडलको टप १५ पुगेकी छन् । जहाँ उनले नेपाली गितहरु गुञ्जाएर सफलता मात्र हासिल गरेकी छैनन्, उपाधिको लक्ष्यका लागि संघर्ष गरिरहेकी छन् । मनमा इच्छा शक्ति, दरिलो आत्मविश्वास भयो भने मानिसले आफ्नो लक्ष्य मात्रै चुम्दैन की देशकै समेत नाम राख्छ । जहाँ शारिरिक अवस्था नै उपलब्धीको बाधक बन्दैन् ।

यहाँ धेरै नेपालीले त्यो सावित समेत गरिसकेका छन् । अहिले भारतमा चलिरहेको इण्डियल आइल सिजन १४ मा संघर्ष गरिरेहेकी मेनुकालाई कम आकलन गर्न मिल्दैन् । उनै मेनुका अहिले इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरिएको थियो । अडिसन चरणमा शाष्त्रीय भजन गाउँदै दर्शक र जजको मन जितेकी मेनुकाको इण्डियन आइडल यात्रा निकै लामो जाने प्रवल सम्भावना रहेको विश्ष्लेष हुन थालेको छ । भारतीय टीभी रियालिटी शोमा प्रतियोगीहरूलाई निर्णायकले वाहवाही गर्नु उनीहरूको दर्दभरी कथा सुनेर भक्कानिँदै आँसु झार्नु कुनै नौलो दृश्य होइन ।

टीआरपीका लागि पनि उनीहरु कहिलेकाहीं अतिरञ्जित रूपमा पेश हुने गर्छन् । तर, नेपालकी गायिका मेनुका पौडेलले इन्डियन आइडलको मञ्चमा पहिलोपटक पेश हुँदा जुन रियाक्सन जजहरुबाट पाइन्, त्यो भने नेक्स्ट लेभल कै थियो । मेनुकाको प्रस्तुतिमा निर्णायकद्वय श्रेया घोसाल र विशाल धर्धरी रोए । तर उनको पीडादायी जीवनकथा सुनेर होइन फगत उनको आवाज र गायकीले निर्णायकहरु भक्कानिएका थिए । इन्डियन आइडल सिजन १४ को अडिसनमा पुगेकी मेनुकाले आफूलाई ड्राइभिङ गर्ने ठूलो सौख भएपनि त्यो पुरा गर्न नसकेको बताइन् ।

उनले भनिन् । भगवानले मलाई यति धेरै हिम्मत दिनु भएको छ । सबैको आर्शिवाद म माथि छ भने मैले गर्नु नै पर्छ । यसपछि मेनुकाले तुम्हारे विना हमरा कौन नही’ बोलको गीत गाइन् । यो गीत मेनुकाले गाउँदै गर्दा निर्णायकहरु रुन थालिसकेका थिए । मेनुकाले गीत गाइसकेपछि केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर उनको सम्मान गरे । यसपछि, विशालले भने–‘हामी जुन चिजको पूजा गर्छौ, उसलाई आज अगाडि देखेका छौं । म म्युजिकलाई पूजा गर्छु, त्यो तिमी हौं । तिमीले दिल निकालेर अगाडि राखिदिएका छौं ।’ विशालले आफूले अबदेखि मेनुकाका कारण म्युजिकको धार नै परिवर्तन गर्ने सुनाए ।

विशालले मेनुकाले दिलबाट गाएको बताए । यति भन्दै गर्दा उनी रोएका थिए । यसपछि, श्रेयाले भनिन् ‘तिमी भित्र के छ भन्ने तिमीलाई महशुश छैन । भगवान्ले के दिनुभएको छ भन्ने तिमीलाई थाहा छैन । इन्डियन आइडलको मञ्चमा आजसम्म कसैले यति दिलबाट खाएको मलाई थाहा छैन । मैले ईश्वर तिम्रो स्वरमा देख्न पाएँ । यसका लागि इन्डियन आइडलको मञ्च धन्य छ । मेनुकाले तिनै जना निर्णायकको हातबाट ‘गोल्डेन माइक पाएकी थिइन् ।

झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । यता गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो । यता २००७ मा पनि भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको ईण्डियन आइडल नामक कार्यक्रममा प्रथम नेपाली मूलका भारतीय प्रशान्त तामाङ विजयी भएका थिए । नेपालीले के गरे हुन्न भन्ने यो गतिलो उदारण हो ।

इन्डियन आइडल सिजन १४ मा धमाका मच्चाएकी नेपाली चेली अब, उनलाई नेपालीहरुको साथ र मायाको खाँचो छ । नेपाली भाषीले भारतमा धेरै संघर्ष गरिरहेको त हामीलाई थाहा नै छ । नेपाल भाषी प्रशान्त तामाङले जित्दा उत्सव मनाएको देश अब १५ औं स्थान चुम्न सफल भएकी मेनुकाको अबको प्रस्तुतीले उनको र नेपालीकै प्रतिष्ठाको विषय बन्ने देखीन्छ ।