Breaking

इजरायल जाँदै परराष्ट्रमन्त्री, नेपालीमा खुशीयाली, २८८ बोक्न २५० सिटे जहाज लिएर हिंड्यो सरकार


काठमाडौँ — नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको छ । आजराती दुई सय ५० सिट क्षमताको वाइडबडी जहाज इजरायल जाने तयारीमा छ। यद्यपी हमास आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरुको शव तत्काल ल्याउन नसक्ने मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिवार इजरायलको दक्षिणी क्षेत्र गाजा नजिकै गरेको आक्रमणपछि इजरायल युद्धभूमिमा परिणत भएको छ ।

पाँच दिनदेखि दुईपक्षीय युद्ध जारी छ । हवाई हमला आतङ्कवादी हमला निरन्तर थप आक्रमक बनिरहेको छ । जारी युद्धमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उद्धारमा सरकार उदासिन भएको आरोप खेपिरहेका बेला विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल जाने भएकाछन् । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री

इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २ सय ६५ जना विद्यार्थीहरु इजरायल गएका थिए । चार जना घाइते छन । उपचारमा रहेका दुई जना डिस्चार्ज भईसकेको मन्त्रालयले जनाएको छ । एक जना विद्यार्थीको अवस्था अझै अज्ञात छ । सकुसल रहेका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । इजरायलमै अन्य विभिन्न पेसा र क्षेत्रमा ४ हजार ५ सय नेपालीहरु आवद्ध छन ।

चौतर्फी बमबारुद्धको आतंकमा रहेका उनीहरु सरकारसँग उद्धारको चित्कार गरिरहेका छन् । चौतर्फी दवाव र आलोचनाका इजरायल सरकारसँग कुटनीतिक मापदण्ड पुरा गरी युद्ध सुरु भएको पाँच दिनका दिन बुधवार उद्धारका लागि जहाज इजरायल जान लागेका हो । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ ।

दुई सय ५० सिट क्षमताको वाइडबडी जहाज इजरायल पठाएउने तयारी अवस्थामा राखिएको पराराष्ट्र मन्त्रालय जनाएको छ ।
इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट समेत सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ ।

सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो ।
सरकारले युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन आवेदन माग गरेकोमा त्यहाँ रहेका नेपालीहरुको विवरण लिने क्रम जारी छ । हालसम्म ३ सय ५० जनाले नेपाल फर्किन आवेदन दिएका छन । दुई सय ८८ जनाले तत्काल नेपाल फर्किन आवेदन दिएका छन । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु भएका विद्यार्थीहरुको शव ल्याउन भने केही समय लाग्ने छ ।

इजरायलमा युद्ध चलिरहेकाले तत्काल शव ल्याउन समस्या भएको हो । यता सास नभए पनि शव छिटो ल्याइदिन परिवारले सरकारसंग हार गुहार गरीरहेकाछन् । विदेशी भूमीमा बैरीको निसामा ढलेका आफ्ना छोराको शव आइनपुग्दा परिवार विछिप्त छन् ।