समाचार

सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा नेपाल आयल निगम

योहो संवाददाता

काठमाडौँ– नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताउनु भयो । उहाँले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताउनु भयो । उहाँले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताउनु भयो । उहाँले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने हिसावले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताउनु भयो । उहाँले जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताउनु भयो ।

नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गर्नुभयो । उहाँले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको बताउनु भयो। उहाँले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताउनु भयो । उहाँले ग्याँस उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताउनु भयो । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाउनु भयो ।