Breaking

हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो, इन्द्रजात्रा शुरु

योहो संवाददाता

काठमाडौँ– हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वज सहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ । हनुमानढोकामा रहेको लिङ्गो ठड्याए पछि इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । येंभनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवतापनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवताइन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवारी समुदायले मनाउने जात्राहो । १२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठमन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्व जोत्थानबाट शुरू भई यँलागाःचौथी अर्थात इन्द्रध्वज पतनसम्म आठदिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।