काठमाडौँ– सरकारले शिक्षक महासंघसँग गरेकोे सहमतिप्रति असन्तुष्टि जनाउँदै आएका राहत शिक्षकले आन्दोलन जारी राखेका छन् । उनीहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको राहत शिक्षकको भनाइ छ । त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ । महासंघले गरेको सहमतिलाई धोका भन्दै राहत शिक्षक संघर्ष समितिले हिजो पनि काठमाडौंमा प्रदर्शन गरेको थियो ।
Breaking


प्रतिक्रिया