विदेश

निज्जर मारिनुको हात भारतकै, भारतीय नागरिक र विद्यार्थीलाई प्रवेशमा रोक, बढ्यो तनाव

योहो संवाददाता

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा अर्थात भिसा सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि भिसा सेवा बन्द गरिएको दूतावासका लागि सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले जनाएको छ । क्यानडाको संसद्मा प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यहाँका सिख नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता बढ्यो । क्यानडाले निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारत विरोधी गतिविधि गरेको भन्दै भारतीय सरकारले पनि उही शैलीमा २४ घण्टामा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गर्यो । त्यसो त यी दुई देशको खटपटको शिलशिला यतीमै सिमित रहेन । पछिल्लो समय त झनै तनाव हुने संकेत देखियो ।

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा भिसा सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले जनाएको छ । केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा राहदानी कन्सुलर प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ । उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको थियो । आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो । क्यानाडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका एजेन्टहरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका थिए । क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई बेतुक बताएको थियो ।

भारतको विदेश मन्त्रालयले बुधबार भारतीय नागरिक, क्यानडामा रहेका विद्यार्थी र भारत फर्कने योजनामा रहेकाहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । भारत विरोधी गतिविधि भएका क्षेत्र र हुनसक्ने सम्भावित स्थानमा नजान भारतीय नागरिक र भारतीय विद्यार्थीहरूलाई आग्रह गर्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । यो शिलशिला दुबै देशको सहमतिमा चांडै समाधान हुन सकेन भने दुई देशको सम्वन्ध झनै समस्या देखिन्ने सम्भावना प्रवल देखिएको छ ।