Breaking

नेपाल–चीनः हिमालले जोडेको मित्रता, विगतदेखि र भविष्यसम्मको बहस, कुटनीति र असंलग्न परराष्ट्र नीतिमा जोड


काठमाडौँ — प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड असोज पहिलो साता उत्तरी छिमेकी देश चीन भ्रमणमा जाँदैछन । नेपाल–चीन सामाजिक सम्बन्ध प्रतिष्ठानले हिमालले जोडेको मित्रता नेपाल चीन सम्बन्धको वर्तमान र भविष्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज पहिलो साता उत्तरी छिमेकी देश चीनको भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीन सम्बन्धका बहुआयामिक सम्बन्धवारे बहस जारी छ ।

नेपाल चीन सामाजिक सम्बन्ध प्रतिष्ठानले हिमालले जोडेको मित्रता नेपाल चीन सम्बन्धको वर्तमान र भविष्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा उपस्थित व्यक्ताहरुले मुलुकको भौगोलिक अवस्थिति र बदलिँदो विश्व भु–राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय स्वार्थ केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्नु पर्ने उल्लेख गरेका छन ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुक भौगोलिक अवस्थितिको चुनौतीकाबीच सरकारले दुवै छिमेकी मुलुकसँग राजनीतिक तथा कुटनीतिक ढंगले समनिकटताको सम्बन्ध राख्न जरुरी रहेको बताएका छन । उनले भने, – हाम्रो भुमि कसैका विरुद्ध हुँदैन हुनुहुँदैन तर आन्तरिक राजनीति र निर्णयमा बाह्य दखल सह्य नहुने नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा स्पष्ट रहेको छ ।’

नेकपा एमालेका विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले दुई उदाउँदो शक्ति चीन र भारतकोबीचमा रहेको नेपालले कुटनीति सञ्चालन गर्दा आफ्नो भौगोलिक अवस्थितिले तय गरेको सीमावारे सजग हुनुपर्ने बताएका छन । मुलुकको राष्ट्रिय स्वार्थलाइ केन्द्रमा राखेर स्वतन्त्र र असंलग्न परराष्ट्र नीति हाम्रो आश्यकता रहेको स्पष्ट पारेका छन । विशेषगरी प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले नेपाल–चीनबीच बढ्दो आशंकालाई चिर्दै विश्वासमा बदल्न सक्नु पर्नेमा जोड दिएका छन ।

विआरआई कार्यन्वयनको योजना तर्जुमा गर्दा सकेसम्म सहायता अथवा कस्ते क्रृण लिने स्पष्ट हुनुपर्ने बताएका छन । विगतमा भएका सहमतिहरुको कार्यन्वयन प्राथमिकीकरण गर्दै चीनको उदयमा हामी कसरी लाभावम्वित हुने त्यसतर्फ ध्यान जानुपर्ने बताएका छन ।

उपसभामुख इन्दिरा राणामगरले विआरआई जस्ता विकास परियोजनाहरुको सम्झौता गर्दा राष्ट्रहित अनुकुल हुनुपर्ने बताइन् । सबै मुलुकसँग सौहार्दपूर्ण सम्बन्धमा जोड दिनुपर्ने उनको तर्क छ । नेपाल चीन सामाजिक सम्बन्ध प्रतिष्ठानका अध्यक्ष बालमुकुन्द रेग्मीले प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धि मुलुक हुने अपेक्षा सहित नेपालको भौगोलिक अवस्थिति मुलुकको आर्थिक र सामाजिक विकासको बाधक भएको ओल्याउँदै नेपाललाई दुई ठूला देशबीचको सेतुमा कसरी रूपान्तरण गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन ।

सत्तारुढ अन्य राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीको चीन भ्रमण मुख्यत विगतमा भएका सम्झौताको प्रभावकारी कार्यन्वयन र दुई मुलुकबीचको कुटनीतिक सम्बध सुमधुर बनाउनमा जोड दिएका छन । जनस्तरको सम्बन्ध सीमा नाकाहरुको समस्या समधान गर्दै सहज वातावरण निर्माणमा सरकारको ध्यानकर्षण हुनुपर्ने बताएका छन ।