काठमाडौँ– नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर विरोध गरेकाछन् ।उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ तथा पुराना फलोअपका लागि अस्पताल पुगेका बिरामीहरु उपचार नपाई घर फर्किन बाध्य भएकाछन् । कुनै डाक्टरले गरेको उपचार मन परेन भने अर्को डाक्टर रोज्न पाईन्छ । उपचारका क्रममा डाक्टरको कमी कमजोरी देखियो भने नियमनकारी निकायमा उजुरी गर्न पाउने व्यवस्था छ । तर अहिले कानुन र नियमन गर्ने पाटोलाई धोति लगाईदिएर नागरिकले मुड्के सास्ती रोज्न थालेकाछन् । फलत एउटा विराउने शाखा पिराउने भने जस्तै मकवानपुरमा दुईजना टाक्टरमाथि भौतिक आक्रमण हुँदा देशभरका नागरिकले सास्ती खेप्नु परेको छ । मकवानपुरको घटनाका कारण कञ्चनपुरका नागरिक पनि स्वास्थ सेवा लिन बञ्चित भएकाछन् । नागरिकले रिसको बेला कसले बेद पढ्छ र भने जसरी चिकित्सक माथि आक्रमण गनू निन्दनिय कार्य हो । तर नागरिकको स्वास्थमाथिनै खेलबाड हुने गरी देशभरनै अस्पताल ठप्प पारेर विरोधमा उत्रिनु पनि शोभनिय कार्य होईन् ।
चिकित्सकको पहिलो धर्म विरामीको उपचार हो । तर डाक्टरमाथि भौतिक आक्रमण भएपछि आफ्नो धर्म विर्सिएर उनिहरु आन्दोलनामाछन् । नेपाली समाजमा विरामी लिएर जादा आफन्त गुमाउनु पर्ने अवस्था आयो भने पीडासहितको आक्रोश डाक्टरमाथि पोख्ने परपाटी मौलाएको छ । कानुनी राज्यमा कसैमाथि भौतिक आक्रमण गर्ने छुट छैन । तर उपचारका क्रममा आफन्तको मृत्यु भएपछि गएको भदौ २७ गते हेटौडाको सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारी माथि डियुटीमा रहेको अवस्थामा साङघातिक हमला भयो । अहिले यहि घट्नाले उग्र रुप लिदा स्वास्थकर्मीहरु सडकमा छन् ।
आईतबार मुलुकभरका इमरजेन्सी बाहेक सबै सेवा ठप्प पारेर चिकित्सकहरु विरोधमा उधिएकाछन् । स्वास्थ जस्तो अति संवेदनशिल विषयमा चिकित्सकहरु अस्पतालको ओपिडी सेवा बन्द गरेर अस्पताल परिसरमा धर्ना बसेका छन् । हातमा पम्प्लेट र कालो पट्टी बाधेर विरोधमा उत्रिएका उनीहरु आफ्नो माग सम्बोधन नभएसम्मा आन्दोलनबाट जारी राख्ने बताउँछन् । गुणस्तरीय स्वास्थ सेवा र डाक्टरमाथि भईरहेको अ ाक्रमणको दुबै विषयमा सरकार रमिते छ । सायद यही भएर पनि चिकित्सकहरु सरकारलाई थाहा दिन खबरदारीमा छन् । उनिहरुले नेपालमा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति दिलाउने निकाय छैन भन्दै प्रश्न गरेकाछन् ? आफुहरुमाथि हमला हुँदा सरकार मौन बसेका भन्दै चिन्तित भएका उनिहरुले आफ्नो सुरक्षाको लागि विरोध गर्नुको विकल्प नभएको भनेकाछन् ।
अस्पतालमा अहिले टिकट काउण्टरदेखि डाक्टरको कोठासम्मे ताल्चा मारिएको छ । अस्पतालमा उपचार नपाएर बिरामीहरु छटपटाइरहेका छन् । तर आँखै अगाडीका विरामी देखेर पनि उनिहरु अनदेखा गरिरहेकाछन् । के मकवानपुरमा भएको घट्नाका कारण कञ्चनपुका विरामीले उपचार नपाएर छटपटाएर मर्नु पर्ने हो? यो दृश्यले चिकित्सक माथि पनि स्वभाविक रुपमा प्रश्न उठाएको छ । मकवानपुरको घट्नामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । यसको अर्थ धान खाने मुसो चोट पाउने जस्तो केही उत्सृङखल तत्वले डाक्टर माथि आक्रमण गर्दा त्यसको बोझ सारा नेपालीले बोक्नु पर्ने ? चिकित्सको सुरुक्षाको विषयमा सरकार जिम्मेवार हुनुपर्छ तर यसो भन्दै गर्दा नागरिकको स्वास्थ उपचार पाउने अधिकार पनि बञ्चित हुनु हुदैन ।
अहिले महिनौँ कुरेपछि बल्ल बल्ल डाक्टर भेट्न पालो पाएका बिरामीहरु निराश भएर फर्किनु पर्ने अवस्था आएको छ । अब उनिहरुले फेरि अर्को महिना मात्रै पालो पाउँछन् । चिकित्सको आन्दोलन पछि हामी स्थलगत रुपमा रिपोर्टिङमा काठमाण्डौंका सरकारी अस्पतालहरुमा पुग्दा धमाधम विरामी र आफन्तहरु डाक्टर भेटिन्छ भन्ने आशमा असिन पसिन हुदै अस्पतालको टिकट काउन्टर सम्म पुग्दै थिए । तर विडम्बना उनिहरुडाक्टरलाई भेटेर आफ्नो समस्या सुनाउँन पाउँदैनन् । ओपिडी टिकट काउन्टरको सटरमा एउटा सुचना टासेर सटरमा भोटे ताल्चा मारिएको छ । त्यही टासेको सुचना पनि पुरै पढ्न नसक्ने भएपछि केही थकित भएर भुईमै थचक्क बस्दै थिए ।कति त आदि उधि सूचना पढेर किन बन्द भएको रहेछ भनेर सोधि खोजी गर्दै थिए।
।
यहीँ भिडमा सुनसरी इटहरी नगरपालिका १६ बालग्रामका ७५ वर्षीय कृष्ण प्रसाद रेग्मी छिमेकीसंग सापटी लिई केही पैसा जोरजाम गरेर राजधानी काठमाडौँ आए ।गरिव परिवार भएकोले अस्पतालले भनेको जति रकम बुझाउँन पनि सकेका छैनन् । उनको कानमा आखाँमा घुडा समेत समस्या छ । काठमाडौँ आएको एक हप्ता भइसक्यो आफ्नो डाक्टरलाई सुनाउँन त टाढाको कुरा डाक्टरको अनुहार समेत देख्न् पाएका छैनन् । उनी डाक्टर भेट्ने पालो पाउँछु कि भनेर अस्पताल दैनिकजसो धाउँछन् । आइतबार बिहानै पालो पाउँछु कि भन्ने आशमा १० बजे अस्पताल पुगेका थिए । आखाँ कमजोर भइसकेकाले सुचनामा के लेखिएको छ भनेर ठम्याउँन पनि सक्दैनन् । अहिले मकवानपुर घट्नाले देशभरका चिकित्सक आन्दोलित छन् । यसले शहर देखि गाउँघर सम्म स्वास्थ सेवा लिन पुगेका नागरिक प्रभावित भएकाछन् । स्वास्थ जस्तो संवेदनशिल विषयमा सरकार गंभिर बन्नुपर्छ ।


प्रतिक्रिया