Breaking

सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री दाहाल

योहो संवाददाता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमति अनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी गराउनु भयो । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताउनु भयो । उहाँले आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेकोसमेत जानकारी गराउनु भयो । प्रधानमन्त्री प्रचण्डले यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको पनि बताउनु भयो ।