Breaking

आफ्नो अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा सदनमा जानकारी

योहो संवाददाता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औं महासभाको औपचारिक भ्रमणबारे आज प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औं महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले आफ्नो चीन भ्रमण दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हीत एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भ्रमण दल छोटो र छरितो रहेको पनि दाबी गर्नुभएको छ ।