समाचार

बाइडेनलाई भ्रष्टाचारको आरोप, सभामुखको चेतावनी, महाअभियोगको तयारी

योहो संवाददाता

काठमाडौँ — अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन् । म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि अनुसन्धान गर्न निर्देशन दिएको बताएका हुन् । दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिने तरखरमा रहेका अमेरिकी राष्ट्रपति जो बाईडेनलाई धक्का लाग्ने सम्भावना देखिएको छ ।

अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेसंगै राष्ट्रपति जो बाईडेनलाई २०२४ को चुनावमा झट्का लाग्ने प्रवल सम्भावना देखिएको हो । सभामुख केभिन म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि अनुसन्धान गर्न निर्देशन दिएको बताएका हुन् । हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको बताएका छन् ।

रिपब्लीकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए । बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने बताए । यता राष्ट्रपति बाइडेनले २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । ८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् ।

सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् । अमेरिकी भावनाको पुनस्र्थापन गर्ने वाचा गरेका उनले सन् २०२० को चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए । डेमोक्र्याटिक उम्मेदवारीका लागि उनीसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी छैनन् अर्थात पार्टीमा उनको उम्मेदवारीको सहज बाटो निश्चित छ । राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडिइरहेका छन् ।

तर उनको यो यात्रा सहज देखिँदैन । ८० वर्षीय राष्ट्रपतिमाथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरुले धम्की दिएका छन् । ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग राजनीतिक बदलाको रुपमा आएको बताएका छन् ।