काठमाडौँ — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच २ घण्टा लामो भेटघाट भएको छ । यी दुई नेतावीचको द्विपक्षीय वार्तालाई अहिले विश्वले मात्र हेरिरहेको छैन कि यस्ले विश्व राजनितिलाई कुन ध्रुवतर्फ लैजान खोज्दै छ भन्ने विश्लेषण भैईरहेको छ । भारतमा आयोजना भएको युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रहरुको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलन यसै हप्ता सम्पन्न भयो । जी–२० बैठकमा भाग लिन विश्व शक्ति राष्ट्रका नेताहरू भेला भए । सबै राष्ट्रका उच्च ओहोदा बिराजमान हुँदा छिमेकी देश चीन र रुसले भने जी–२० लाई बेवास्ता गरे ।
यी दुई शक्तिशाली देशवीचको अनुपस्थितमा पनि भारतले जी–२० लाई भने सफलतापुर्वक समापन गरेका थिए । जसोतसो जी–२० बैठक सफल भए पनि रुस र चीनको अनुपस्थितिले भने विश्वका शक्ति राष्ट्रहरु दुई ध्रुवमा विभाजित हुँदै छ भन्ने कुरा यस्ले प्रष्ट नै देखाएको छ । त्यसो त यता शक्तिको रुपमा उदयमान नेतृत्व गर्न हौसिएको चीन र रुस भने आ–आफ्नो समस्यामा छन् । १ बर्ष भन्दा बढि पश्चिमाहरुको सहयोगका कारण बलियो बन्दै गएको युक्रेनसंग भिड्नुपर्ने बाध्यता छ । यस्तो अबस्थामा भारतले रुसलाई सोचे अनुसारको सहयोग गर्न सकेको छैन । चीनले समेत सहयोग नगरेको महसुस गरेसंगै पछिल्लो समय उत्तर कोरियाका नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भेटवार्तालाई महत्वकासाथ हेरिएको छ ।
किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ । यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । पछिल्लो समयको यो भेटलाई द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय जगतले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रबल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । रेल चढेर रुस भ्रमणमा आएका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुन्छ । राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने बताएका छन् । युक्रेनविरुद्धको युद्धमा रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेको छ ।
विश्वका सबैभन्दा धेरै सैन्य सामथ्र्य भएका देशमध्येको एक उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ । प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्नसक्ने विश्लेषकहरू बताउँछन् । उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् । किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन । यता एकातर्फ अमेरिका उग्र ढंगले युक्रेनलाई हतियार व्यापार गर्दै आईरहेको छ । अर्को तर्फ रुसलाई हतियारको आवश्यकता छ । यी दुबै अवस्थालाई आकंलन गरेर हेर्ने हो भने अहिले विश्व शक्तिmहरुको दुई धु्रवमा चिरिरहेको प्रष्ट देखिन्छ ।


प्रतिक्रिया