काठमाडौँ– लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । सूचना प्रविधिको विषय अध्यापन गराउँदै आएको फाउन्डेशनले २५ वर्षमा १२ हजारभन्दा बढि विद्यार्थी दिक्षित गरिसकेको छ । रजत जयन्तीका अवसरमा उपराष्ट्रपति रामशहाय प्रसाद यादवले फाउन्डेशनमा स्थापनाकालदेखि संलग्न रहँदै आएका विभिन्न ९ जनालाई सम्मान गर्नुभयो । रजयत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशा गर्नुभयो ।
समावेशी र सिपमूलक शिक्षा मार्फत स्वदेशमै युवालाई आर्कषित गर्न आवश्यक रहेकोमा उपराष्ट्रपति यादवले जोड दिनुभयो । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्वपुर्ण योगदान गरेको बताउनुभयो । फाउन्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउ“दै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यन्वयनगर्न सफलभएको बताउनुभयो । रजतजयन्तीका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो । फाउन्डेशनको रजतजयन्तीका अवसरमा मलेसियाको एसिया प्यासिफक विश्वविद्यालयका प्रमुखद तुक परमजीत सिंहले पनि सफलताको शुभकामना दिनुभएको थियो ।


प्रतिक्रिया