काठमाडौँ – स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् ।
फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रूबियालेसले राजीनामा दिएका छन् ।
स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचालेपछि पुरस्कार वितरण समारोहमा अध्यक्ष रूबियालेसले फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि उनी विवादमा तानिएका थिए ।
३३ वर्षीया हर्मोसोले रुबियालेसले गरेको चुम्बन सहमतीमा नभएको भन्दै मगंलबार उजुरी दिएकी थिइन् । रूबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजिनामा बुझाएका छन् ।
४६ वर्षीय रुबियालेसले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजिनामा दिएका हुन् । चुम्बनको नतिजाले पछिल्ला केही साता स्पेनी फुटबललाई घेरेको छ र स्पेनको जितलाई छायामा पारेको छ ।
यसअघि नै रुबियालेसलाई राजीनामा दिन बारम्बार आग्रह गरेपनि उनले वेवास्ता गर्दै आएका थिए । रूबियालेसले चुम्बन आपसी सहमतीमा भएको दाबी गर्दै आएका थिए। रुबियालेसलाई यसअघि नै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको थियो।


प्रतिक्रिया