Breaking

रुस–युक्रेन द्धन्दबारे भारतमा भएन छलफल, चीनसँगको सम्बन्ध बिग्रियो, नेपाललाई किन हेपियो ?

योहो संवाददाता

काठमाडौँ– भारतमा दुई दिनसम्म चलेको जी–२० शिखर सम्मेलन घोषणापत्र जारी गर्दै सकिएको छ ।सम्मेलनको संयुक्त घोषणापत्रमा युक्रेन युद्धबारे सात वटा अनुच्छेद समावेश भएको भएपनि रुस–युक्रेन द्धन्दको विषयमा भने छलफल नै भएन । दुई शक्तिशाली राष्ट्र रुस र चीनका राष्ट्रपतिको अनुपस्थितिले समेत भारत–चीन सम्बन्ध चिढिदै गएको तथा अमेरिका–भारत सम्बन्ध थप बिस्तार भएको सन्देश पनि दिएको छ ।

संयुक्त घोषणापत्रमा सहमति जनाउदै विश्वका शक्तिशाली देशहरुको संगठन जी २० शिखर सम्मेलन भारतमा सम्पन्न भएको छ । २० देशका नेताहरुले बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यको प्रगति, हरित विकास सम्झौता लगायत बिषयमा सहमति जनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिनको अनुपस्थिति रहेकोसम्मेलनको घोषणापत्रमा सहमति जुटाउन महत्वपूर्ण बुँदा थियो रुस युक्रेन युुद्ध ।अनुपस्थित रहेका पुटिन चिढिने डरले सभाले बिषय उठान गरेपनि रुस–युक्रेन द्धन्द्धको बिषयमा न छलफल ग¥यो न कुनै निश्कर्षमा नै पुग्न सक्यो ।

हालमात्रै चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलगायत भूू–भाग समेटिएपछि भारत चीनसँग रुष्ट छ। अहिले पनि जी–२० सम्मेलनकै मुखमा चीनले भारतको भूभाग समेटेर नयाँ नक्सा जारी गर्नुले समेत चीन–भारतको कटुूतापूर्ण सम्बन्ध थप सतहमै आएको छ । अमेरिकासँग भारत नजिक भएको निश्कर्ष निकाल्ने बिन्दूमा पुगेको चीनलाई बैठकको पूर्वसन्ध्यामा भारतका परराष्ट्रमन्त्रीले सीमासम्बन्धि बिषयमा दिएको अभिव्यक्तिले चीन शशंकित मात्रै भएको छैन, सम्बन्धमा पुर्नविचार सम्ममा पुगेको ठम्म्याई छ ।रुसी राष्ट्रपति पुटिन जी–२० मा सहभागि नहुनु तथा यसअघि मोदीको अमेरीका भ्रमणका क्रममा विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता भारतले रुसी हतियारभन्दा पश्चिमा हतियार शशक्त देखेपछि अमेरिकासँगै हातहतियारखरिद गर्ने सम्झौता गर्नुले समेत यसको पुष्टि गर्छ । जानकारहरु भने भारत, चीन तथा रुस जस्ता शक्तिशाली देश सम्मिलत ब्रिक्स जी–२० भन्दा शक्तिशाली बन्न सक्ने बताउँछन् ।

यता नेपालले अमेरिका, भारत र चीनसँग सन्तुलन कायम गरिरहेका बेला रुससँग पनि सम्बन्ध विस्तार गर्न चाहिरहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी समेत कार्यान्वयनमा रहेका बेला चीनको बीआरआई परियोजना पनि छलफलकै क्रममा छ । नेपालको घरेलु राजनीतिमा समेत यी देशहरुले प्रत्यक्ष प्रभाव पार्ने भएकाले शक्ति राष्ट्रहरुको चेपुवामा नेपाल पर्ने निश्चित छ ।

नेपालको भारतसँग त रोटी–बेटीको सम्बन्ध नै छ । यस अवस्थामा नेपाल स्थिर बस्न सक्नुपर्ने विज्ञहरुको सुझाव छ । रणनीतिक हिसाबले बलियो देश नेपाल जी–२०को हस्ताक्षरकर्ता नभएपनि सरोकार राख्नसक्ने क्षमताको भएकाले पनि नेपालले समेत अब सदस्यता खोज्नुपर्ने बेला आएको महशुस पनि हुन थालेको छ । यसपटक भारतले जी–२० को अतिथि राष्ट्रका रुपमा बंगलादेश,मोरिशिस,नेडरल्याण्ड,नाइजेरिया, स्पेनलगायत देहरुलाई दिल्ली बोलाएको छ । तर निकटको छिमेकी नेपाललाई अतिथि समेत नबोलाउनुले पनि भारतले नेपाललाई वास्ता नगरेको प्रष्ट छ ।