काठमाडौँ — शनिबारदेखि भारतको राजधानी नयाँदिल्लीमा जी–२० समूहको शिखर सम्मेलन सुरु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू भेला भएका छन् । भारतको नयाँ दिल्लीमा हुने जी–२० राष्ट्रहरूको शिखर सम्मेलन शनिबार औपचारिक रूपमा सुरु भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू भेला भएका छन् । पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्व अर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँ दिल्ली संस्करणमा सहभागी हुने विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री उपस्थित छन् ।
सबै देशका उच्च ओहोदा बिरजमान सबै उपस्थिति हुँदा छिमेकी देश चीन र रुसले भने जी–२० लाई बेवास्ता गरेका छन् । यी दुई शक्तिशाली कम्युनिष्ट देशका राष्ट्र प्रमुखको अनुपस्थितमा भारतलाई भने ठुलो झट्का लागेको छ । पुटिन र चीनका सी जिनपिङ अनुपस्थित हुने शिखर सम्मेलनमा कुनै मूलमुद्दामा सहमति जुट्नेमा आशङ्का व्यक्त गरिएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा साझा दस्तावेज तयार गर्ने तथा सहमति जुटाउन भारतलाई धौधौ परेको छ । शीर्ष नेतृत्वले अनुमोदन एवं हस्ताक्षर गरी सम्मेलनको अन्त्यमा जारी गर्ने संयुक्त वक्तव्यमा अझै ठोस सहमति जुट्न सकेको छैन ।
सी जिनपिङको अनुपस्थितिबारे आधिकारिक रूपमा अहिलेसम्म केही भनिएको छैन । तर, दुवै देश केही समयदेखि सीमा विवादमा फसेका छन् । उनको ठाउँमा चिनियाँ प्रधानमन्त्री ली च्याङ सहभागी हुँदैछन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि उपस्थित छैन । युक्रेनसँगको युद्धका कारण पुटिन अन्तर्राष्ट्रिय मञ्चहरूमा कमै उपस्थित भएका छन् । जी–२० सम्मेलनमा रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लावरोभले गर्नेछन् ।
नयाँ दिल्लीमा भइरहेको जी–२० शिखर सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन् । आफ्नो स्वागत सम्बोधनमा प्रधानमन्त्री मोदीले भने – तपाईंहरू सबैको सहमतिमा अगाडिको कार्यवाही सुरु गर्नु अघि म अफ्रिकी संघका अध्यक्षलाई जी२० को स्थायी सदस्यको रूपमा आफ्नो स्थान लिन आमन्त्रित गर्दछु ।
जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् । सम्मेलनमा बंगलादेशलगायत देशलाई आमन्त्रण गरेको भारतले नेपाललाई भने निमन्त्रण आएन । समूहको २० औं सदस्य युरोपेली संघ हो । अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन् ।


प्रतिक्रिया