काठमाडौँ — यातायातका साधनहरु प्रयोजन विरित प्रयोग हुन थालेपछि विरोध हुन थालेको छ । एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधन मालबाहक वा यात्रुबाहकको रुपमा प्रयोग हुन थालेको हो । प्रयोजन विपरितका सवारी साधन तत्काल रोक्नुपर्ने यातायात व्यवसायीहरुको माग छ । प्रयोजन विपरितका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्नुपर्ने माग यातायात व्यवसायीहरुको छ ।
उनीहरुले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले प्रयोजन विपरित यात्रा र ढुवानी सेवा दिन नपाउने कानूनी व्यवस्था रहेकोले त्यसैअनुसार काम हुनुपर्ने बताएका छन् । सार्वजनिक र निजी सवारी साधनको विषयमा स्पष्ट नीति फितलो हुँदा मालबाहक सवारी साधनहरु चल्न नसक्ने अवस्थामा रहेको व्यवसायीहरुको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौला प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई सरकारले कडाई गर्नुपर्ने बताउँछन् । बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नको लागि ट्याक्टर प्रयोग भइरहेको भन्दै उनले सरकारले त्यसलाई तत्काल रोक्नुपर्ने माग गर्छन् ।
नेपाल यातायात राष्ट्रिय महासंघका कोषाध्यक्ष रामबाबुशिवु तामाङले सार्वजनिक यातायात व्यवसायीहरुलाई राज्यले दुश्मन बनाउने काम गरेको बताए । यातायात ऐन अनुसार चलाउन राज्यले निदेशन गर्नुपर्ने उनको भनाई छ । नेपाल यातायात राष्ट्रिय महासंघको मालबाहक समिति सभापति नविन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिवन्ध लगाउनु गलत भएको बताए ।
उनले मालबाहक सवारी साधनलाई ट्राफिक प्रहरी र प्रहरीले ओभर लोड भनेर दुःख दिने काम गरेको भन्दै सहजीकरणको वातावरण बनाउन सरकारसँग माग गरे । जुनसुकै प्रयोजनमा दर्ता भएका सवारी साधनले ढुवानी र यात्रु सेवा दिँदा सार्वजनिक यातायात क्षेत्र मर्कामा पर्ने गरेको व्यबसायीको माग गुनासो छ । सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजन अनुसार प्रयोग भए÷नभएको जाँच गरी कारबाही गरेमा व्यवसायीलाई केही राहत मिल्ने छ ।


प्रतिक्रिया