Breaking

ओली कार्यकालको चतुर्याईं, चुच्चे नक्साको ढोल पिटे, औपचारिक पत्र दिएनन्, प्रदीप किन चुप ?


काठमाडौँ — चीनले सार्वजनिक गरेको नयाँनक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ समेटिएपछि नेपालमा यसको चर्को बहस भईरहेको छ । नेपालले चुच्चे नक्सा जारी गरेकोबारे चीनलाई जानकारी दिएको कुनै रेकर्ड नभेटिएको सरकारले बताईरहँदा तत्कालिन सरकारले यसबारे जानकारी गराएको थियो कि थिएन? भन्ने प्रश्न संसदीय समितिमा उठेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामालिपुलेक, लिम्पियाधुरा र कालापानीलाईसमेत समेत समेटेन नयाँचुच्चे नक्साजारी भयो । चुच्चे नक्सा नेपालमाऔपचारिक रुपमै चलनचल्तीमा छ ।

तर छिमेकी देश भारत र चीनले भने नेपालको चुच्चे नक्सालाई अहिलेसम्म चिनेको छैन । चीनले भर्खरै मात्रै सार्वजनिक गरेको नयाँनक्सामा नेपालको चुच्चे नक्सा नदेखिए पछि यसको बहस फेरि एकपटक सतहमा आएको हो । भारतले चुच्चे नक्सालाई अस्वीकार गर्दै आएकोमा चीनले समेत नेपालको नयाँ नक्सालाई नचिनेको हो । नयाँ नक्साबारे चीनलाई जानकारी गराएको आधिकारिकता नै नभेटिएको वर्तमान सरकारले भन्दै आएको छ । तत्कालिन ओली नेतृत्वको सरकारले नयाँ नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको परराष्ट्रमन्त्री एनपी साउदबताउँछन् ।

भिडियो