Breaking

हिरोबाट हिटलर बने बालेन, प्रचण्ड–नारायणकाजी चुप,बाघ र सिंहको जुहारीमा भिड्दै जनता


काठमाडौँ — आफ्नै अभिव्यक्तिले संकट परेपछि स्टाटस हटाउने बाध्यतामा काठमाडौं महानगर मेयर बालेन शाह परेका छन् । तर उनले सामाजिक सञ्जालमा झोसेको आगो मत्थर भएको छैन । कानुन राज्यमाथि बालेनमाथि पनि कारबाही हुनुपर्ने आवाज उठिरहेको छ । बालेनलाई हिरो बनाउँदा बनाउँदै हिटलर बन्न खोज्दैछन् ।

बालेनकी पत्नी घरभित्र महारानी होलिन्, तर यो समाज र कानुनी नजरमा उनी एक आमनागरिक सरह नै हुन् ।पत्नी चढेको सरकारी गाडी ट्राफिकले रोकेकै भरमा रडाको मच्चाउनुर १२० बर्षदेखि मुलुकको शासन व्यवस्था थाम्दै आएको सिंहदरबारमा आगो लगाउँछु भन्नु उनको मूर्खताबाहेक केही थिएन । कुन नशा र घमण्डको उन्मादमा लेखिएको थियो, जसबाट बालेन अहिले आफै लज्जित भएर हटाउनु परेको छ ।योभन्दा माथि चुक्नु र झुक्नु अरु के हुनसक्छ ।्

नत्र काठमाडौंमा बालेनले सुरु गरेको शासन त लछारपछार गर्ने हो । कति गरिबको भोटो पेटमाथि बालेनले लात हानेका छन् । त्यो भाग्नेलाई मात्रै थाहा छ । आफुलाई पर्दा सिंहदरबार आगो लगाउँछु भन्दै गर्दा भोलि सडकमा ठेला खोसिएको कुनै गरिबले बागदरबारमै आगो लगाईदिन्छु भन्यो भने ? धन्न ट्राफिकले मेयरको पदमा रहेर दम्भ देखाउनेलाई बालेन शासनको शैलीमा सडकमा लछारपछार गरेन ।

बरु बालेनको सचिवालयबाट ट्राफिक चेकजाँचमा खटिएका प्रहरीको चरित्र हत्या गर्ने काम भएको भन्दै अहिले सई सुशिल न्यौपाने हारगुहार गर्न बालेनकै घरसम्म पुगे । आमालाई साथमा लिएर सई घरमा पुग्दा यता उनका बाउ प्रहरीका पुराना अधिकारीहरुलाई भेट्दै सहयोग मागिरहेका छन् । बालेनले जागिर खाइदिन्छन् कि डरमा परिवार परेको छ ।किनकि बालेनको यो कदमले सिंगो ९० हजार प्रहरीकै मनोबल गिराउने काम गरेको छ ।

बालेनले आफ्नो अभिव्यक्ति हटाएपनि समाज र कानुनी पक्षबाट यो हटेको छैन । यसले जन्माएका कयौं प्रश्नले राष्ट्रिय राजनीतिदेखि समाजहुँदै कानुनी शासनसम्मै तरंग ल्याएको छ । संघीय सरकारसँग बालेनलाई जति नै एलर्जी भएपनि अब उनका कुराको भ्यालु हुन छोडेको छ । नत्र सरकारको कुनै प्रतिनिधि, प्रधानमन्त्री वा गृहमन्त्रीले बालेन शंखघोषको प्रतिवाद गर्नुसक्थे ।तर आफै बोल्ने र मेट्न बालहठमाथि उनीहरुले कुनै टिप्पणी जनाएनन् ।

बरु गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो बिषयमा नबोल्न भन्दै ट्राफिक प्रहरीकै बद्नाम गरि प्रमाण लुकाउने काम गरे । नत्र ४० सेकेन्डको विषयलाई सात मिनेट बनाएर गुमराहमा पार्ने कामको प्रहरीले सत्यता बाहिर ल्याउनु पथ्र्याे । त्यसका लागि सडकमा सीसी क्यामेरा जडान गरिएका छन् । तर बालेनका विरुद्ध गए गाली खाइन्छ भन्दै खुलेआम दिएको धम्कीलाई सहेर नारायणकाजी चुप बसेका छन् ।

लोकप्रियता हासिल गर्नकै लागि कुनै समय सडकमा डलेको ट्राफिक डिभाइडर उठाएर मनोबल बढाएको सन्देश दिएका बालेन अहिले सडकको होस् या सदन, टिकाटिप्पणी र आलोचनाको विषय बनेका छन् ।हिजो ज्यान फालेर समर्थन दिएकाहरु अहिले उनकै अभिव्यक्तिबाट त्रसित बन्नु परेको छ ।

फलतः ‘फलेको बृक्ष नझुकेको कहाँ छ र’ भन्ने युक्ति जस्तै यदि महानगर साँच्चिकै जनताको नेतृत्व स्थापित गर्न वा जनताको मुद्दा सम्बोधन गर्न चाहन्छ भने बालेन आत्माआलोचित भएर माफी माग्नुपर्नेसम्मको तर्क आइरहेका छन् । किनकि उनले पदीय मर्यादासमेत भुलेको बालेनजस्तै विकल्प भनिएकाहरुलाई भनाइ छ ।

प्रश्न त काँग्रेस, एमाले र माओवादी जस्ता पार्टीमाथि पनि उठ्छ । जसले नागरिकको रगतमा टेकेर राजनीतिमा स्थापित हुने बेइमानी गरे । उनीहरुलाई सहेको समाजले बालेनको एउटा अभिव्यक्ति किन सहन सकिरहेको छैन भन्ने प्रश्न पनि छ । यसैपनि केन्द्र सरकार र स्थानीय सरकारबीच यो पहिलो विवाद होइन । पहिले पनि शीतलनिवास र सिंहदरबारको फोहार नउठाउने आफ्नै कदमबाट हारेका बालेन सिंहदरबारलाई काठमाडौं महानगर बाहिर लैजाऔं भन्ने अभिव्यक्तिमा समेत चुकेका थिए ।

आफ्नै शैलीका कारण बालेनविरुद्ध २ सय बढी मुद्दा अदालतमा परेका छन् । उनलाई कारबाही गर्न र थुन्नसम्म आग्रह गरि अपहेलनासम्मका मुद्दा हालिएको छ । पछिल्लोपटकसमेत बालेनको कदम नैतिकसँगमात्रै नजोडिएको भन्दै कानुनी दृष्टिकोणले समेत उनी संकटमा फसेका छन् । किनकि अहिले चुप बसेको सरकारले जुनसुकै बेला बद्लाभावका रुपमा कदम उठाउन सक्छ।

लोकतन्त्रको सुन्दरता भनेकै कानुनी शासन र कानुनी राज्य हो । दुईलाख नागरिक सडकमा उतार्ने धम्की दिने प्रधानमन्त्री सिंहदरबारमा सवार छन् । अर्काेतर्फ सिंहदरबार जलाउँछु भन्दै धम्की महानगर प्रमुख बागदरबारमा छन् । बाघ र सिंहबीचको यो लडाइँमा नेपाली जनता भने सधैं बलिको बोको बन्नुपरेको छ ।