विदेश

‘भाईरल’ रक्षामन्त्रीलाई निकालियो, बर्खास्तीको घोषणाले विश्वको ध्यान तान्यो, नयाँको कदम कस्तो ?

योहो संवाददाता

काठमाडौँ — युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ पदबाट बर्खास्त भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनलाई बर्खास्त गरिएको घोषणा गरेका हुन् । जेलेन्स्कीले रेजनिकोभलाई पदबाट बर्खास्त गर्दै रूस्टेम उमरोभलाई देशको नयाँ रक्षामन्त्रीमा मनोनित गरेका छन् । रूससँगको युद्ध १९ औँ महिनामा प्रवेश गरिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओलेक्सी रेजनिकोभलाई रक्षामन्त्री पदबाट बर्खास्त गरेका छन् ।

जेलेन्स्कीले रेजनिकोभलाई पदबाट बर्खास्त गर्दै रूस्टेम उमरोभलाई देशको नयाँ रक्षामन्त्रीका रूपमा मनोनित गरेका छन् । सन् २०२२ को फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध सुरु भएदेखि नै युक्रेनका लागि रेजनिकोभ एक चर्चित व्यक्तित्व बनेका थिए । यो अवधिमा रूस–युक्रेन युद्धले धेरै मानिसको ज्यान लिइसकेको छ र अहिले पनि दुई देशबीच युद्ध जारी छ । जेलेन्स्कीले युक्रेनका पूर्व पिपल्स डेपुटी रूस्टेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनित गरेको आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेको भिडियोमा उल्लेख गरिएको छ ।

जेलेन्स्कीले भनेका छन् ‘म आशा गर्दछु संसदले यस उम्मेदवारलाई समर्थन गर्नेछ । यसअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रक्षामन्त्री रेजनिकोभलाई बर्खास्त गरेको जानकारी गराउँदै भिडियोमा भनेका छन् मैले युक्रेनको रक्षामन्त्रीलाई हटाउने निर्णय गरेको छु । रेजनिकोभले ५५० दिनभन्दा बढीको पूर्ण युद्ध भोग्नुभएको छ ।’ यता रेज्नीकोभलाई हटाउनुकोे अनुमान सबै सरकारी विभागहरूमा भ्रष्टाचार नियन्त्रण गर्न खोजेका प्रयाससँग जोडेर हेरिएको छ ।

अन्तराष्ट्रि सञ्चारमाध्यमका अनुसार शनिबार युक्रेनका सबैभन्दा शक्तिशाली कुलीन वर्ग र जेलेन्स्कीका एक प्रमुख समर्थक इहोर कोलोमोइस्कीलाई ठगी अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । सबैभन्दा शक्तिशाली कुलीन वर्गमध्ये एक कोलोमोइस्कीको सञ्चार र बैङ्किंग व्यवसायले उनलाई युक्रेनको सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बनाएको छ । हुन त रेज्नीकोभलाई प्रत्यक्ष कुनै गल्तीको अभियोग लागेको भने छैन । तर उनको मन्त्रालयले खरिदसम्बन्धी विभिन्न काण्डहरू झेलिरहेको छ ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार बर्खास्तमा परेका रेज्निकोभ बेलायतका लागि नयाँ राजदूत बन्ने अनुमान गरिएको छ । उनले आफ्नो कार्यकालमा बेलायतका वरिष्ठ राजनीतिज्ञहरूसँग राम्रो सम्बन्ध विकास गरेका छन् । ५७ वर्षीय रेज्निकोभ युक्रेनमा युद्ध सुरु भएदेखि नै चर्चित व्यक्तिमा गनिँदै आएका थिए । उनले युक्रेनका पश्चिमी सहयोगीहरूसँग नियमित बैठकहरूमा भाग लिएका थिए । थप सैन्य उपकरणहरूका लागि लबिङमा उनको महत्वपूर्ण भूमिका थियो ।