समाचार

नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको सचिव पदमा राजन श्रेष्ठले उम्मेदवारी दिने

योहो संवाददाता

काठमाडौँ– राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको सचिव पदमा राजन श्रेष्ठले उम्मेदवारी दिनुहुने भएको छ । आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा श्रेष्ठले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको सचिव पदमा उम्मेदवारी दिनुुहुने भएको हो । राजन श्रेष्ठले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसक्नु भएको छ भने, हालको कार्यसमितिमा श्रेष्ठ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहनु भएको छ । यस अगाडि श्रेष्ठले नेशनल प्याब्सनको स्वास्थ्य विभाग प्रमुख भएर काम गरिसक्नु भएको छ । विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूको संयोजन गर्दै श्रेष्ठले विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ ।

हाल मनास्लु वर्ल्ड स्कुल तथा कलेजको प्रधानाध्यापकका रूपमा कार्यरत श्रेष्ठले विद्यालय तथा कलेज स्तरको शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आइरहनुभएको छ । हाल उहाँले अग्रेजी विषयमा एमफिल सकेर पिएचडी गर्दै हुनुहुन्छ । विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठले नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहनु भएको छ । उहाँ प्याब्सकको अध्यक्ष समेत हुनुहुन्छ । श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय रूपमा लागिरहनु भएको छ । उहाँ हाल लायन्स क्लबमा समेत आवद्ध हुनुहुन्छ ।