काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले बुद्धि, विवेक पुर्याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो । उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गर्नुभयो ।मेयर साहले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गर्नुभयो । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दवावबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताउनुभयो । मेयर साहले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन निर्देशन दिनभएको हो ।
समाचार


प्रतिक्रिया